नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले सङ्घीय संसद्अन्तर्गतका विषयगत समितिहरूको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुसरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
सुनसरीको कोशी गाउँपालिकाले लौकहीमा स्थानीयहरूलाई जग्गाधनी प्रमाण पत्र लालपुर्जा वितरण गरेको छ । कोशी गाउँपालिका वडा नम्बर १ लौकहीका स्थानीयहरूलाई लालपुर्जा वितरण गरेको अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखामा सोमबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । आफ्ना मागहरू पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्याएको हो ।
अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोको पदमा निर्वाचित गरेको छ ।
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् ।
नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।
दाङमा हावाले केराका बोटहरू ढलाउँदा करिब दुई लाख बढीको क्षति भएको छ । दाङको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीमा हावाहुरीका कारण तीन दिनको अवधिमा डेढ सय बढी केराका बोट ढल्दा दुई लाख बढीको क्षति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रहरूको अनुगमन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोलीले सङ्खुवासभा र ताप्लेजुङको बाढी प्रभावित क्षेत्रको सोमबार अनुगमन गर्न लाग्नुभएको हो ।
उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्याङ्की सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले एक लाख जरिवाना गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्नुभएको छ । सोमबार बिहान निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित दुई पुस्तक विमोचन गर्नुभयो ।