सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।
पछिल्ला केही महिना औसतमा आठ प्रतिशत रहेको मूल्य वृद्धिदर कात्तिकमा भने घटेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार कात्तिकमा मूल्य वृद्धि ५.३८ प्रतिशतमा खुम्चिएको छ । असोजमा यस्तो दर ७.५० प्रतिशत थियो । २०७९ साल कात्तिकमा भने मूल्य वृद्धिदर ८.०८ प्रतिशत थियो । विवरण अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य समूह अन्तर्गतको सबैभन्दा धेरै मरमसला उपसमूहको ३६.४६ प्रतिशतले मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत सबैभन्दा धेरै मनोरञ्जन तथा संस्कृति उपसमूहको १२.८४ प्रतिशतले बढेको छ ।
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा मङ्सिर २५ गते नै प्रतिनिधि सभा सचिव पद्यप्रसाद पाण्डेयलाई महाससचिव सिफारिस गरिएको थियो। सिफारिसको पत्र सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफैँ उपस्थित भएर राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको थियो तर राष्ट्रपति कार्यालयले अध्ययनका क्रममा रहेको भन्दै नियुक्ति गरेको छैन।
गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपानेले हरवाचरवाको पहिचान कायम गर्न प्रदेश सरकारले कामकाज अघि बढाएको बताउनुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजिनामा माग गर्दै पीडित पक्षले बिहिबार कलैयामा प्रदर्शन गरेका छन् ।
जिल्ला अदालत महोत्तरीले नेकपा (एमाले)का निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा धेरैको संलग्नता रहेको बताउनुभएको छ । बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालभाषाको म्युजिक भिडियो एल्बम ‘असं बजाः मंगः बजाः’ बिहीबार कीर्तिपुर पाँगामा सार्वजनिक गरिएको छ ।
लामो समयदेखि जङ्गली जनावरबाट यहाँका कृषक पीडित भएको गुनासो गरेका छन् । धनुषा र महोत्तरीका किसानका अनुसार जङ्गली जनावरको समस्याले उहाँहरूलाई खेती गर्न पनि मन लाग्दैन । ‘वर्षभरि मेहनत गरेको फल टिप्नेबेला जनावरले खाइदिन्छ, खेती गर्ने उत्साह मरेर गएको छ’ उहाँहरूको भनाइ छ ।
तत्काल उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य तोक्न माग गर्दै उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो सर्लाहीको हरिवनमा संयुक्त पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन् । किसानले यो वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गर्नुभयो ।
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकको शव सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा पोखरा–३, नदीपुरमा भन्ने ठाउँमा फेला परेको छ ।
बाँके प्रहरीले ६ लाख बढीको सुनका विभिन्न गहनासहित एक भारतीय नागरिकलाई नेपालगन्जबाट पक्राउ गरेको छ ।