नयाँ आर्थिक वर्षका निम्ति आएको बजेटको विधायिका छलफल चलिरहेको छ । संवैधानिक प्रावधान अनुसार गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नु भएपछि त्यसपछिको देशीय बहस बजेटकै सेरोफेरोमा छ । संवैधानिक व्यवस्था अनुसार नै सातै प्रदेशमा समेत बजेट प्रस्तुत भइसकेको छ । कोशी प्रदेशले अघिल्लो दिन नै अध्यादेशमार्फत बजेत ल्यायो भने बाँकी छ प्रदेशले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेका
साक्षीले अदालतमा सत्य नबक्न पनि सक्छन्, तर प्रविधिले जहिले पनि, जहाँ पनि सत्य नै र सही समयमै घटना भएको, घटनामा संलग्न व्यक्ति तथा साधनको बारेमा समेत जानकारी दिने गर्छ । पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने पुनित कार्यमा अग्रपङ्तिमा अहोरात्र खटिने नेपाल प्रहरी सङ्गठनमा कार्यरत अनुसन्धान अधिकृतलाई समय–समयमा पीडितलाई न्याय दिलाउन नसकिने पो हो कि, पीडक छुट्ने पो हो कि र निरपराध व्यक्ति दोषी करार हुने पो हो कि भन्ने त्रासले सदैव सताइरहेको हुन्छ ।
पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा पछिल्लो समयमा कुपोषणको समस्या जटिल बन्दै गएको छ। तीनै तहको सरकारले बालबालिकालक्षित पोषण कार्यक्रम सञ्चालन गर्दै आए पनि चेपाङ बालबालिकामा कुपोषणको समस्या घटेको छैन। राक्सिराङ गाउँपालिकामा सङ्घीय सरकारले केही वर्षदेखि चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम सञ्चालन गर्दै आएको छ तर चेपाङ समुदायको बालबालिकामा कुपोषणको समस्यमा सुधार आउन सकेको छैन।
सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमीबिना जीवन’ सार्वजनिक भएको छ । गीतमा धु्रव विश्कोको शब्द तथा सङ्गीत, योगेशकाजीको सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ रहेको छ ।
फागुन २५ बाट चलचित्र ‘काँडेतार’ प्रदर्शन हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिनुभएको हो । सार्वजनिक पोस्टरमा निर्देशक खड्का खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत हुनुभएको छ । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देखिन्छ । नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने विषय समेटिएको छ चलचित्रमा मा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरीलगायतकाको अभिनय छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
देशका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ सम्ममा व्यवस्थित आयोजना कार्यान्वयन गर्नका लागि आयोजना बैङ्क बनाउनुपर्ने भएको छ । अहिले कतिपय स्थानीय तहमा आयोजना बैङ्क अभावमा विकास निर्माण लथालिङ्ग हुँदै आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सबै स्थानीय तहले आयोजना बैङ्क बनाई कार्यान्वयन गर्ने उल्लेख गरेसँगै स्थानीय तहले आयोजना बैङ्क बनाउनुपर्ने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोग भ्रष्टाचारमुक्त समाज निर्माणका लागि काम गरिरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन गर्नु आयोगको मुख्य दायित्व रहेको बताउनुभयो । उहाँले यसका लागि आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता २६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ११ महिना (जेठ) सम्म २७४ परियोजनामार्फत ३४ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३४ अर्ब ५८ करोड ४७ लाख छ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रस्ताव आएको हो । गत वर्ष सो अवधिमा ४६ अर्ब ७६ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा २६ प्रतिशत अर्थात् १२ अर्ब ९६ करोड रुपियाँले वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पाँच महिनामा अन्तर्राष्ट्रियतर्फ १८ लाख ४३ हजार ४९० यात्रुले हवाई सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को जनवरीदेखि मेसम्म अन्तर्राष्ट्रियतर्फ आठ लाख ४६ हजार २०७ यात्रु भित्रिएका छन् भने नौ लाख ९७ हजार २८३ यात्रु नेपालबाट बाहिरिएका छन् ।
सामूहिक निर्णय अभाव, विचारभन्दा व्यक्तिविशेषको सर्वोच्चता, निजी सम्पत्तिको लोभ तथा सिद्धान्त अनुसारको चरित्र र व्यवहारमा आएको ह्रासका कारण मुलुकमा वामपन्थ सिद्धान्त ओरालो लाग्दै गरेको धारणा व्यक्त गरिएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) द्वारा आइतबार यहाँ संयुक्त रूपमा आयोजित ‘किन ओरालो लाग्यो नेपाली वामपन्थ’ विषयक अन्तर्क्रियाका वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो। कार्यपत्र प्रस्तुत गर्दै वामपन्थी नेता हरि रोकाले वामपन्थी भनिएका राजनीतिक दलहरूमा सामूहिक निर्णय र जिम्मेवारीको पद्धति समाप्त हुँदै गएको तथा नेतृत्वको कामकारबाहीबारे फरकमत राख्ने तथा प्रश्न गर्ने कुनै पनि ‘क्याडर’ पार्टीमा टिक्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो।
पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका -७ मा पर्ने हेंवा खोलामा शनिबार राति आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति ।
स्पष्ट आधारबिना काठमाडौँ महानगरपालिकाले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर गरेको छ। आइतबार हिसानद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।
मोटरसाइकल चोरीमा संलग्न एक युवक प्रहरीले पिछा गरेपछि भागेर ढलको पानी बग्ने ह्युमपाइपभित्रै गायब भएका छन्। आइतबार दिउँसो काठमाडौँको सेतोपुलमा मोटरसाइकल चोरी गरी भागेका व्यक्तिलाई प्रहरीले मैतिदेवी, सेतोपुलसम्म पिछा गरेपछि कोरिडोरको पुलमुनि रहेको ह्युमपाइपभित्र छिरेका युवक बेपत्ता भएका हुन्। ट्राफिक प्रहरीले ह्युमपाइपभित्र छिरेका युवकलाई भित्रै छिरेर खोज्ने प्रयास गर्दा उनी पाइपभित्र छिरेर बेपत्ता भएको र खोजिकार्य भइरहेको गौशाला प्रहरीले जनाएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आउँदो ११ औँ महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने सहमति गर्दै आपसी विवाद टुङ्ग्याएको छ। यसअघि भएको १० औँ महाधिवेशनपछि सङ्घ दुई समूहमा विभाजित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार दुवै पक्षबिच भएको छलफलमा चारबुँदे सहमति गर्दै एक भएको सङ्घले जानकारी दिएको छ। एकताको महाधिवेशनका रूपमा आगामी अक्टोबरमा ११ औँ महाधिवेशन आयोजना गरिने छ। प्रधानमन्त्री प्रचण्ड र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ को उपस्थितिमा दुई पक्षले एक हुने सहमतिपत्रमा हस्ताक्षर गरेको सङ्घले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।