कुशल र आशिफले ३१.५ ओभरमा एक सय ७१ रनको सानदार साझेदारी गर्दै एकदिवसीयमा नेपालको उच्च साझेदारी रन बनाउनुभएको हो ।
ताप्लेजुङका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन्। निरन्तरको वर्षासँगै ठाउँ–ठाउँमा गएको बाढीपहिरोले सडक र मोटरेवल पुलमा क्षति पुर् याएपछि सडक अर्थात यातायात अवरुद्ध बनेका हुन्।
नेपालगञ्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्ने क्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ ।
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ बाँकेले गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराज खानसहित चार जनालाई सम्मान गरेको छ।
‘चापाकलमा पानी आउन छाडेको दुई साता भयो । खानेपानी वितरणको धारा केहीबेर मात्र आउँछ । भुइँतलासम्म पानी आउँछ । करिव आधा घण्टामै बन्द हुन्छ । केही वर्ष भयो सुक्खायाममा यस्तै हुन्छ ।’ कपिलवस्तु बुद्धभूमि –२ गोरुसिङ्गेका सुरज न्यौपानेले दुखेसो पोख्नुभयो ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
गुल्मीमा कफी खेतीसम्बन्धी समस्या र उत्पादन बढाउने उद्देश्यले कृषकसँग छलफल गरिएको छ ।
व्यवासयीले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेडा सडकमा फ्याँकेर विरोध जनाएका छन्।
राममणि दाहालहेटौँडा, असार ३ गते । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध कपडासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सिराहाबाट हेटौँडाका लागि आउँदै गरेको बिआर ०६ जिइ ५०५३ नं. को भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएको कपडासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार सार्वजनिक गरेको हो । ट्रक जाँच गर्ने क्रममा प्याजको बोराले छोपेर ल्याएको ९० बोरा कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । कपडासँगै पक्राउ पर्नेमा भारतको पञ्जाव राज्यको लोदियाना जिल्ला रसलपुर ग्राम ७ का ट्रक चालक ३३ वर्षीय रन्जौद सिंह र सहचालक २६ वर्षीय सुधीरकुमार सहनी छन् । प्रहरीका अनुसार बरामद भएको पाइन्ट, सुट, सर्ट, कुर्था र कोरा कपडाको मूल्य एक करोड ५५ लाख ६९७ रुपियाँ छ । प्रहरीलेले कपडासँगै ट्रक र ८४ क्विण्टल प्याजसमेत बरामद गरी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाएको छ ।
मधेश प्रदेशसभाका सातमध्ये पाँच विषयगत समितिका नवनिर्वाचित सभापतिले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभा सचिवालयमा आइतबार आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
बाँकेका किसानहरुले रोपाइँका लागि वर्षात्को प्रतीक्षा गरिरहँदा डिएपी मलको अभाव देखिएको छ ।
सडक चौडा बनाएर कालोपत्रे गरिएपछि उदयपुरको सदरमुकाम गाईघाटस्थित बोक्से क्षेत्रको मुहार फेरिएको छ ।
पूर्वी नवलपरासीमा पहिलो पटक हुप्सेकोट गाउँपालिकाबाट सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा (लालपूर्जा) वितरण सुरु गरिएको छ ।
नेपाली काँग्रेसका सांसद दीपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लामा अविरल वर्षापछि गए राति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको चर्चा गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल आज (आइतबार) घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको छ ।