याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिद्वारा जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ ।
ताँजाकोट गाउँपालिकाले स्थानीय स्तरमा तयार पारेको नयाँ स्थानीय पाठ्यक्रमको विद्यालयमा पठन पाठन सुरु गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ ।
सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताउनुभएको छ ।
कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ मा चार जना बच्चामा दादुरा रोग पुष्टि भएको हो।
सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्नु सरकारसमक्ष आग्रह गर्नुभएको छ ।
उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।
पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ -३ की जुना सावदेनको उद्धार गरिएको छ ।
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।