अर्जुन चौपारी गाउँपालिका ४ ले गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा विद्यालयको पाेशाकमै सुनुवाईमा सहभागी बिकले विद्यालय हिँड्ने र फर्केपछि खानेपनीको जोहो गर्न भौतारिँदा पठाई प्रभावित भएको गुनासो गर्नुभयो ।
मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ ।
फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।
विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।
पछिल्लो दुई महिनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ) ले बिहीबार बताएको छ ।
मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको संस्थाले करिब १४ करोड लागतमा भवन निर्माण गरेको छ ।
प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो ।
कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निः शुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
पश्चिम नेपालकै स्वास्थ्य हब मानिने ठुलाठुला अत्याधुनिक सरकारी र गैर सरकारी अस्पतालहरू रहेको बाँकेमा मातृ मृत्युदर उच्च हुनुका साथसाथै नवजात शिशुको मृत्यु दर पनि उच्च छ ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कँदै गएको र विद्यार्थीमाथि खेलबाड भइरहेको भन्दै सरोकारवालाहरूले सुधारको माग गरेका छन् ।
नेकपा (एमाले) को सङ्कल्प यात्रा धनकुटा आइपुगेको छ । बुधबार भोजपुर आएर बसेको टोली बिहीबार धनकुटा आइपुगेको हो । बिहीवार करिब ११ बजे अध्यक्ष केपी शर्मा ओलीसहितको टोली यहाँ आइपुगेको हो ।
सयौंँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुँडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए ।
घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले ड्रागन खेतीबाट वार्षिक १६ लाखसम्म आम्दानी गर्नुभएको छ ।
यातायात आवागमनलाई सहज बनाउन विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिनअन्तर्गत पूर्वी खण्डको कामलाई तीव्र पारिएको छ । स्तरोन्नतिअन्तर्गत कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।
चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।