अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ।
हिमपातका कारण नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको हो । लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातका कारण लिमी आउजाउ बन्द भएको जानकारी दिनुभयो । लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएका कारण सडक अवरुद्ध भएका कारण लिमी आउजाउ बन्द भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम भनेको फोन मात्र हो ।
नेपालका लागि इजरायली राजदूत हेनान गोडरले हमासको आक्रमणमा परी मृत्यु भएका विद्यार्थीको परिवारसँग भेट गर्नुभएको छ । घोडाघोडी नगरपालिका–४, जनकपुरस्थित मृतक नारायणप्रसाद न्यौपानेको घरमै पुगेर राजदूत गोडरले परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ । कात्तिक–मङ्सिरमा गहुँ खेती सकेर केही महिना मजदुरी गर्न भारत हिँडेको बुढीगङ्गा नगरपालिका–१० का धनबहादुर सार्कीले बताउनुभयो । गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्सातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको भनाइ उहाँको छ ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ। बुलबुले सामुदायिक वन क्षेत्रमा रहेको उक्त प्राकृतिक ताल सानो भए पनि बुलबुल भनेर कराउँदा बुलबुले निस्कने अनौठो विशेषता रहेको छ। यस तालमा पानीको फोका उठ्ने गर्दछ। मानिसले जति धेरै ‘बुलबुल’ भनेर चिच्यायो उति नै फोका जमिन मुनिबाट निस्केको दृष्य प्रस्ट देख्न सकिन्छ। सामुदायिक वन उपभोक्ता समितिले घेराबार गरेर तालको संरक्षण गरेको छ।
अनुदानको बिउ पाउँदा किसान खुसी भएका छन् । बाराका अधिकांश पालिकाले आफ्नो कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बिउ उपलब्ध गराउँदै आएका छन् । पालिकाहरूले ७० रुपियाँ प्र
कर्णाली प्रदेशभित्र बसोबास गर्ने वादी समुदायको ठुलो सङ्ख्या भूमिहीन रहेको पाइएको छ । बादी समुदायको विकास र उत्थानका लागि गठित कार्यदलले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यो समुदायमा भूमिको समस्या मुख्य रहेको बताइएको छ । सात जिल्लाका दुई हजार चार सय नागरिकसँग प्रत्यक्ष रूपमा समूहगत छलफल गरेर प्रतिवेदन तयार पारिएको अध्ययन टोलीकी सरस्वती सापकोटाले बताउनुभयो । उहाँका अनुसार सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, सल्यान र रुकुमपश्चिमका बादी घरपरिवार भूमिहीन रहेको पाइएको छ । अधिकांश नागरिक ऐलानी, पर्ती, सरकारी जग्गामा बसोबास गरिरहेको र केही परिवार मात्र निजी स्वामित्वको जमिनमा बसे पनि उनीहरूको खेतीयोग्य जमिन नरहेको देखिएको छ । ऐलानी जग्गामा बसोबास गरिरहेका दैलेखको नारायण नगरपालिका र रुकुमपश्चिमको बादी बस्ती पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । २०६८ को जनगणना अनुसार कर्णालीमा पाँच हजार ४२१ वादी समुदाय रहेको पाइएको छ ।
आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ का ठुलीबार्कुका दृष्टिविहीन खगेन्द्र कामीको घर बस्नै नमिल्ने गरी भूकम्पले चर्किएको छ । भूकम्पपछि त्रिपालमा बस्दै आएका कामीले त्रिपाल र चामल राहत सहयोग पाए पनि जाडो छल्न आगो ताप्दै आउनुभएको छ । सोही वडाका विर्सना पुनमगरलाई पनि हिउँदको जाडोले ज्यानै जान्छ कि भन्ने चिन्ता छ । अस्थायी टहरामा बसेका विर्सनालाई जाडो रात कटाउने चिन्ता हुन्छ ।
घोराही उपमहानगरपालिका–१३ उपल्लो लापेका दानबहादुर राङु मगरले आठ कट्ठा जमिनमा व्यावसायिक गोलभेँडा खेती गर्दै आउनुभएको छ । मकै, गहुँ, आलुलगायत खेती गर्दा जङ्गली जनावरले समस्या पारेपछि अन्नबाली छाडेर तरकारी खेतीमा लागेका दानबहादुरले भन्नुभयो, “उत्पादन राम्रै हुन्छ तर आम्दानी लिने आधाको मात्रै हो, आधा त बाँदरले सकिदिन्छ, बाँदरलाई अधियाँ दिए जस्तै हुन्छ ।”
जनकपुरधाममा मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशको सान’ भन्ने नाराका साथ सौर्य सिमेन्ट र विजयलक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
जनप्रतिनिधि भएपछिको काम र उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? जनप्रतिनिधिका रूपमा पहिलो भए पनि सामाजिक रूपमा विकास, निर्माणमा पहिल्यैदेखि सक्रिय थिएँ । स्थानीय सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले धेरै विषयवस्तु बुझ्ने मौका मिल्यो । युवा क्लब, बाटो समिति, संरक्षण समिति जस्ता जिम्मेवारी निर्वाह गरेकाले मलाई यो जिम्मेवारी वहन गर्न सहज नै भयो । पहिलो कार्यकालको
म्याग्दीको बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ।नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले आर्थिक वर्ष २०७९/८० मा गरेको मूल्याङ्कनमा देशभरका सामुदायिक विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालय घोषित भएको हो । सात वटा प्रदेशका २१ विद्यालयको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मूल्याङ्कन गरिएको हो । गण्डकी प्रदेशतर्फ द्वितीय स्थान र नेपालभरमा सातौँ स्थानमापर्न सफल भएको हो।