कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना भएको छ। कर्णाली करिडोरको मयगाड सडकखण्डमा ट्याक्टर कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका हुन्।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्यसम्बन्धी सेवा लिन भारत जाने नेपाली नागरिकलाई भारतीय नागरिकजस्तै स्वास्थ्यसम्बन्धि सेवामा सुविधा दिने वातावरण बनाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ ।
अभिषेक बास्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्स उपाधि जित्नुभएको छ ।
आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा १२:४५ बजे सुर हुने खेलमा नेपाल मान्यता प्राप्त घरेलु टोलीलाई हराउने लक्ष्यमा छ ।
गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वर रहेको पञ्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक भएको छ। म्याग्दीमा जन्मे हुर्केका गायक रसाइली र सङ्गीतकार प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ।
कालीकोटमा बालविवाह रोक्न विभिन्न सामाजिक सचेतीकरणका कार्यक्रम भएका छन् । आज शुभकालिका गाउँपालिकामा बालविवाह विरुद्धको प्रथम धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ ।
इलाका प्रहरी कार्यालय अगाडिबाट बजारसम्म करिब ४ सय मिटर सडकको दुई किनार दुई वर्षमा हरियाली नमुना बनेको छ । गर्दा हुँदो रहेछ र सडकलाई हरियाली तथा सुन्दर बनाउन सकिँदो रहेछ भन्ने झापा दमक वडा नं. ६ स्थित थानारोडका स्थानीयहरूले देखाएका छन् ।
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि आर्चरीमा चार खेलाडी छनोट भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताउनुभएको छ।
शनिबार धनगढीमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने सम्बन्धी महासम्धी (सिड) समितिमा महिला तथा किशोरीको खाद्य र पोषणको सवाल केन्द्रित सातौँ आवधिक छाया प्रतिवेदन तयार सम्बन्धमा प्रदेश स्तरीय कार्यशालामा बोल्दै प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष थापाले लक्षित पक्षका हितका लागि सरकारबाट काम गराउन घिच्च्याउने बताउनुभयो ।
फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ ।
दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपमा छैटौं र सातौं चरणको खेल सम्पन्न हुदा खुलातर्फ उत्कृष्ट प्रदर्शन गरिरहनुभएका भारतका २४१५ रेटेड इन्टरनेशनल मास्टर नुबैर शाह अहमद साढे ६ अङ्कसहित शिर्ष स्थानमा हुनुहुन्छ ।
‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठुलो वर्षा हुनासाथ झस्किन्छन् ।
सुनसरीको इनरुवा नगरपालिकामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजना तथा आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीको संयोजनमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताउनुभएको छ ।