केदार तिमल्सिना
बनेपा, मङ्सिर २८ गते । अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३( ०१( ००५ ख ९७०३ नम्बरको डिब्बा गाडीमा ठक्कर खाई दुर्घटना भएको हो । सवारी दुर्घटनामा संलग्न डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।