बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ ।
वि.सं २०५८ मा निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा सङ्घीय संसद् सचिवालयले आज सङ्घीय संसद् सेवा दिवस मनाएको छ ।
पछिल्लो समय गुल्मीमा चितुवा आतङ्क बढेको छ । रातको समयमा जङ्गलबाट चितुवा मानव बस्तीमा पस्दा स्थानीयमा त्रास पैदा भएको छत्रकोट ६ का लक्ष्मण ज्ञवालीले बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन् । सडक विस्तार तथा पुलहरु निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन् ।
राउटे बस्तीमा स्वास्थ्य शिविरसँगै न्यानो कपडा वितरण गरिएको छ ।
केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूका लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु पनपर्ने भएको हो ।
लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानुनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो ।
उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उहाँले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताउनुभएको हो ।
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ(दीपक मनाङे)ले मनाङको मनाङ डिस्याङ गाउँपालिका १ को पिसाङमा रहेको एग्रो मनाङले अवैधानिक काम गरेको भन्दै छानबिन गर्न माग गर्नुभएको छ ।
डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । डोनाल्ड टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको हो ।
सङ्घिय सरकारको सहयोगमा सिन्धुली जिल्लाको मरिण गाँउपालिका–७ महादेवस्थानमा तीन वर्षदेखि महादेवस्थान खानेपानी योजना निर्माणाधीन अवस्थामा छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई म्याद थप गरेर घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।