• १२ मंसिर २०८१, बुधबार

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क

blog

काठमाडौं, मङ्सिर २८ गते । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । डोनाल्ड टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको हो ।

टस्कलाई सोमबार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसद्को तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधा दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । 

मङ्गलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् ।

कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् । पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् । मङ्गलबार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानुनी शासन विवादका कारण रोकिएको युरोपेली सङ्घबाट ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋणमा रोक लगाउने प्रतिबद्धता गर्नुभयो ।  

६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसक्नुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल