• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस

blog

राष्ट्रपतिसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पथिराना ओहदाको प्रमाणपत्र पेस गर्नुहुँदै । तस्बिर राष्ट्रपतिको कार्यालय

काठमाडौं, मङ्सिर २८ गते । काठमाडौँ, मङ्सिर २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र  पेस गर्नुभएको छ । उहाँहरूले छुट्टाछुट्टै कार्यक्रममा प्रमाणपत्र पेस गर्नुभएको हो । 

राष्ट्रपति भवनमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत  सुदर्शना पथिरानाले ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।


यसैगरी, राष्ट्रपतिसमक्ष गणतन्त्र पानामाका गैर आवासीय राजदूत यसेल एलिन्स बुइलोरिभेरा र बेल्जियम अधिराज्यका गैर आवासीय राजदूत दिदीएर एना एल भ्यान्डेरह्यासेल्टले ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ । 

नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल र्‍याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।