भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लामा आइपुग्नु भएको छ । उहाँले सङ्खुवासभाको तुम्लिङटारमा ओर्लेर पत्रकारहरूसँग संक्षिप्त कुराकानी पनि गर्नुभएको छ ।
कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्तामा सहमति बन्न सकेन । आज बिहानबाट प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा भएको वार्ता करिब ५ घण्टा चले पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेताहरूको भनाइ छ ।
आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष साहले प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताउनुभएको हो ।
नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी सञ्चार माध्यमहरुले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई सुझाव दिएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा पहिरोमा परी घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
पूर्वी नेपालको कन्काई नदी सहित आगामी तीन दिन तमोर र अरुणमा नदीको बहाव उल्लेख्य बढ्ने देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ ।
धरान उपमहानगरपालिकाले मंगलबारदेखि तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया गर्नेभएको छ । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइनेभएको छ ।
पाल्पाको रामपुर अस्पताललाई पाँच वटा डाइलासिस मेसिन हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकुले रामपुर अस्पताललाई मागको आधारमा पाँच वटा डाइलासिस मेसिन र एक सेट आरओ प्लाण्ट उपलब्ध गराएको हो ।
भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।
विश्वमै लोकप्रिय खेलका रूपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो ।
सिन्धुलीमा डेढ महिनाको अवधिमा लम्पी स्किन रोगबाट तीन सय ९० वटा पशु चौपायाको मृत्यु भएको छ ।
हरेक वर्ष अत्यधिक गर्मीको बेला नेपालगञ्ज लगायत वरिपरिका क्षेत्रमा खानेपानीको चरम समस्या हुने गर्छ । यो वर्ष पनि अत्यधिक गर्मी र खडेरीका कारण नेपालगञ्ज र सो वरिपरिका क्षेत्रमा लगाइएका हाते नलको पानी सुकेपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।