रामेछाप, मङ्सिर २९ गते । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनुभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ । सुन्तला बगैँचाबाटै प्रतिकिलो रु. एक सय र जुनार प्रतिकिलो रु. ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । पहेंलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताउनुभयो । रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो । जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् । जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताउनुभयो । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु. ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो । केही वर्ष यहाँको जुनारमा फल कुहाउने आसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उहाँका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताउनुभयो । अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताउनुभयो । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उहाँको भनाइ छ । जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो । रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउनुहुन्छ । रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुहुन्छ । रासस
पूर्व मिस नेपाल शृङ्खला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सम्भव सिरोहिया र शृङ्खलाले केही वर्ष अघिदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । उनीहरूको विवाह समारोह काठमाडौँस्थित होटेल हायातमा चलिरहेको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदन चोक नजिकै बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी हवलदार गम्भीर घाइते हुनुभएको छ ।
बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो ।
धनुषाको सबैला नगरपालिकाको सतोखर गाउँमा एक नाबालिकाको हत्या भएको आशंका गरिएको छ । बालिकाको घाँटी थिचेर हत्या भएको हुन सक्ने धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नु पर्ने बाध्यता हटेको छ । उक्त खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो ।
मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्ष बित्दा पनि बन्न सकेको छैन । चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्य समेत अघि बढ्न सकेको छैन ।
विवाहपञ्चमी अवसरमा हुने कार्यव्रmममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सिसिटिभी र ड्रोन क्यामराद्वारा सहरका विभिन्न क्षेत्रमा निगरानी गरिने भएको छ । धनुषाका जिल्ला प्रहरी प्रमुख मित्रबन्धु शर्माले विगतका वर्षमा भइरहेको घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको दाबी गर्नुभयो ।
सोह्रौँ योजनाका लागि कर्णाली प्रदेशबाट सुझाव सङ्कलन थालिएको छ। राष्ट्रिय योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश तहका सरोकारवालाहरूसँग सुझाव सङ्कलन गरिएको छ । सुझाव सङ्कलनका लागि आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईसहितको टोली सुर्खेत आउनुभएको थियो । आयोगले यसअघि छ वटा प्रदेशमा पुगेर सुझाव लिइसकेको जनाइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको योजना आफैँ बनाएर द्रुत विकास गर्ने सपना प्रदेश सरकारको रहेको बताउनुभयो तर सङ्घीय सरकारको सहयोग नहुँदा प्रदेश सरकारको सपना साकार हुन नपाएको उहाँको भनाइ छ ।
दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरको रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताती लाग्ने गरेको छ ।
मकवानपुरको पूर्वी गाउँपालिका बकैया गाउँपालिका–४ र ११ जोड्ने सडक स्तरोन्नति सुरु गरिएको छ । हेटौँडा–धरान–चतरा सडकखण्ड र कान्ति लोकपथलाई जोड्ने गरी गाउँपालिकाले ट्र्याक निर्माण गरेको उक्त सडकखण्डको स्तरोन्नतिको काम बागमती प्रदेश सरकार र गाउँपालिकाको बजेटमा दुई खण्डमा गरी सुरु गरिएको हो ।
नवलपुरको कावासोती–१३ मा स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा सेतो रङको हिमाली गिद्ध भेटिएको छ । गत आइतबार पहिलो पटक पूरै सेतो रङ भएको हिमाली गिद्ध भेटिएको हो । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रङको देखिएको थियो । नेचर गाइड प्रेम महतोले लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापना गरिएको गिद्ध जटायु रेस्टुरेन्टमा हिमाली गिद्ध देखा परेको बताउनुभयो । वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम
लियो चुनावी दलीय गठबन्धनलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य चुनावको नतिजा आफ्ना पक्षमा पार्न सफल किरणकुमार साह संसद्को पहिलो बैठकमा बेग्लै पहिचान स्थापित गरी चर्चामा आउनुभयो ।
बिस वटा स्थानीय तह रहेको सर्लाहीमा कौडेना गाउँपालिका सदरमुकाम मलङ्गवासँगै जोडिएको छ । पूर्वपश्चिम हुलाकी सडकमा पर्ने यस पालिकामा सात वटा वडा छन् । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रे