• १३ मंसिर २०८१, बिहिबार

‘सडक खन्दै स्थानीय तह, बाटो बिराउँदै समाज’

blog

स्थानीय तहमा हुने अपराध नियन्त्रण गर्न सरोकारवालाबिच भएको छलफल । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, मङ्सिर २९ गते । बैतडीका स्थानीय तहले सडक पूर्वाधार निर्माणमा करोडौं रुपियाँ खर्च गरेपनि सामाजिक काममा चासो नदिँदा समाज बाटो बिराउँदै गएको सरोकारवालाले बताएका छन् ।    

जिल्ला प्रशासन कार्यालय बैतडीले विहीबार आयोजना गरेको स्थानीय तहमा अपराध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारवालाले स्थानीय तहमा बेरोजगारीका कारण मान्छेमा निराशा बढेको, युवा जनशक्ति विभिन्न कुलतमा फस्दै गएको बताएका छन् । 

स्थानीय तहमा बेरोजगारी बढेको, आर्थिक सङ्कट र विभिन्न कुलतका कारण घरेलु हिंसा, आत्महत्या दुरुस्ताहन र बलात्कार, हाड नाताकरणी जस्ता अपराध बढेको प्रहरीको तथ्याङ्कसमेत सार्वजनिक भएको छ । स्थानीय तहका विभिन्न गाउँमा छ्यापछ्याप्ती पाईने अवैध मदिरा (ठेउका) का कारण घरेलुहिंसा बढेको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताउनुभयो । उपप्रमुख चन्दले दशरथचन्द नगरपालिकाका ११ वटै वडामा १६ दिने महिला हिंसाविरुद्धको अभियान सञ्चालनका क्रममा ठेउकाका कारण महिला हिंसामा परेका महिला रुँदै भेट्न आएको बताउनुभयो ।  

अन्तरक्रिया कार्यक्रममा सहभागी दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बेरोजगारी र आर्थिक सङ्कटका कारण युवादेखि वृद्धसम्मका मानिसले आत्महत्या गर्न थालेको बताउनुभयो । निराशा र नकारात्मक सोचका कारण समाज, घरपरिवारमा कलह, झैझगडा र वैमनस्यताले आपराध बढ्दै गएको उहाँले बताउनुभयो । अवैध मदिरा नियन्त्रण गर्न नगर कार्यपालिकाबाट छलफल गरि आवश्यक निर्णय लिने नगरप्रमुख जोशीले बताउनुभयो । 

बैतडीका स्थानीय तहमा हुने अपराध नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको अगुवाईमा विहीबार जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । बैतडीका स्थानीय तहमा अवैध मदिरा नियन्त्रण, घरेलु तथा यौनहिंसा नियन्त्रण, अवैध हतियार नियन्त्रण, जबरजस्ती करणी र आत्महत्या दुरुस्ताहनका अपराधमाथि केन्द्रीत भएर पहिलो चरणमा दशरथचन्द नगरपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

प्रजिअ पन्थीले भन्नुभयो, “पहिलो चरणमा हामीले दशरथचन्द नगरपालिकाबाट अन्तरक्रिया थालेका छौं । यो अभियान सबै स्थानीय तहमा पु¥याउँछौं । स्थानीय तहमा हुने विभिन्न अपराध नियन्त्रण गर्न नगरपालिका र गाउँपालिकाका प्रमखु÷उपप्रमुख र वडा सदस्यहरुसँग स्थानीय तहमै पुगेर छलफलको सुरुवात गरेका छौं । विहीबार दशरथचन्द नगरपालिकाका ११ वटा वडा अध्यक्ष, नगरपालिका  र जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रुमखसँग गम्भीर छलफल भएको छ ।” 

स्थानीय तहमा हुने अपराध नियन्त्रण गर्न स्थानीय तहले पूर्वाधार निर्माणसँगै सामाजिक विकासको क्षेत्रमा काम गर्नु पर्ने अवस्था टडकारो देखिएको प्रमुख जिल्ला अधिकारी पन्थीले औंल्याउनुभयो । भवन निर्माण र बाटो खन्ने कामलाई मात्र विकास भन्न र देख्न थालियो भने सामाजिक विकासको काममा लगानी नहुँदा मान्छेमा निराशा बढ्दै जाँदा अपराध पनि बढ्दै गएको उहाँले बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले बैतडीका स्थानीय तहमा भएका तीन वर्षे अपराधको तालिका सार्वजनिक गर्नुहुँदै अपराधको मुल कारण अवैध मदिरा, सूचना प्रविधिको दुरुपयोग रहेको बताउनुभयो । बैतडीमा पछिल्लो समय जबरजस्ती करणी र आत्महत्याका घटना बढेको बैतडी प्रहरी प्रमुख गिरीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार आ.ब. २०७७÷०७८ देखि २०८० मङ्सिरसम्म ४९ जना महिला तथा बालिका बलात्कारको शिकार भएका छन् । २०८० को साउनदेखि मङ्सिरसम्म नौ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । 

त्यसैगरी गएको तीन वर्षमा हिंसाबाट पीडित ४७ जना महिलाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । कर्तव्य ज्यान मुद्दा भने तीन आर्थिक वर्षमा एउटा मात्रै मुद्दा दर्ता भएको प्रहरी नायव उपरीक्षक गिरिले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायि, नागरिक समाज र उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीले स्थानीय तहका सरकारले सामाजिक विकासको क्षेत्रमा काम गर्र्नु पर्नेमा जोड दिएका छन् ।