सामान्य अर्थमा बुझ्दा योग भनेको जोड हो । हालका दिनमा स्वास्थ्य र जीवनशैली परिवर्तनमा व्यापक प्रचार हुँदै गएको योग के हो त ? पछिल्लो पुस्ताले शारीरिक अभ्यास वा क्रियाकलापलाई नै योगको रूपमा बुझ्ने गरेको पाइन्छ । योगलाई यति साँघुरो घेरामा सीमित गर्न सकिँदैन र गर्न मिल्दैन । योग आफैँमा व्यापक दायरा भएको क्षेत्र हो । शरीर, मन र आत्माबिचमा आपसी सामञ्जस्यता नै योग हो भनेर गरिने परिभाषाले योगको व्यापक अर्थलाई बुझाउन सक्छ ।
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज (बुधबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
१. युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो ? म्यान्चेस्टर सिटी – इङ्ग्लिस प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्यिन लिग उपाधि जितेको । – यसअघि म्यान्चेस्टर सिटीले प्रिमियर लिग र एफए कप पनि हात पारेको । म्यान्चेस्टर सिटीले एकै सत्रमा तीन उपाधि जितेर म्यान्चेस्टर युनाइटेडले बनाएको इतिहासको बराबरी गरेको । म्यान्चेस्टर युनाइटेडले सन् १९९९ मा सो
सामाजिक सञ्जालमा सरकारी निकाय १. सामाजिक सञ्जाल भन्नाले के बुझ्नुहुन्छ ? सामाजिक सञ्जालमा सरकारी निकायको सहभागिता किन आवश्यक छ ? विश्लेषण गर्नुहोस् । सामाजिक सञ्जाल एक डिजिटल प्लेटफर्म हो; जसको माध्यमबाट धेरै मानिसबिच सम्पर्क स्थापित भई सूचना आदानप्रदान गर्न सहज हुन्छ । यसबाट सूचना तथा सञ्चारसम्बन्धी कार्यलाई मितव्ययी र प्रभावकारी ढङ्गले सम्पादन गर्न सकिन्छ । संसारको जुन कुनै स्थानबाट मानिसहरू आबद्ध भई प्रत्यक्ष कुराकानी गर्न, आफ्ना विचार राख्न र गतिविधिबारे जानकारी लिन सकिन्छ । – फेसबुक, ट्विटर, भाइबर, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जाल एपमार्फत कम्प्युटर वा
केरा चोरी हुने समस्या र अर्कोतिर केरा खेतीका लागि सिँचाइको व्यवस्था नभएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाकी एक महिला कृषकले केराबारीमा आगो लगाएर आक्रोश पोख्नुभएको छ । विजयनगर गाउँपालिका–६, थरौलीमा करिब सात सय केरा बोट आगो लगाएर नष्ट गरिएको छ । चार लाख लगानी गरी लगाइएको आठ कट्ठा क्षेत्रफलको केरा खेती नष्ट गरिएको हो । कृषक लालसरी घर्तीमगरले रातभरि चौकीदार बस्न सकिँदैन भन्दै बिक्री गर्नयोग्य केरा रातभरिमा चोरी हुने गरेको पीडा सुनाउनुभयो ।
सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
धनकुटा पाख्रीबासका चिया कृषक गोविन्द थापाले चिया खेती सुरु गरेको करिब २५ वर्ष भएको छ । २०५५ सालबाट सुरु गरेको चिया खेती २०७० सालसम्म विस्तार गर्दै बित्यो । त्यो बेला चियामा राम्रो भविष्य देखेर सुरु गरेको चिया खेती उहाँलाई निल्नु न ओकल्नु बनेको छ । अहिले उहाँको चिया बिक्री नहुँदा समस्या भएको हो । चिया बारीभरि छ तर टिप्ने जनशक्ति छैन, नटिपे चिया बिक्दैन । त्यसैले त उहाँलाई चिया बेच्न निकै मुस्किल भएको छ । “चियाको प्लटिङ गर्ने, छाँटकाँट गर्ने कार्य बन्द हुँदा चिया झाडीमा परिणत हुँदै गएको छ,” थापा भन्नुहुन्छ ।
अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बगान’ को टिजर सार्वजनिक भएको छ । आगामी २९ गते रिलिज हुने चलचित्रको टिजरमा अभिनेतृ करिश्मा मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ । एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहार इत्यादिलाई ‘बगान’ को टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा प्रमुख कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेतृ प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि देखाइएको छ । स्वप्न नीरवको कथामा आधारित रही बनेको चलचित्रबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गर्नुभएको हो ।
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।
सङ्गीतकार सुनील मास्केको एल्बम ‘अनुभव’ सार्वजनिक भएको छ । एल्बममा समावेश पाँच वटा गीतमा उदय र मनिला सोताङले आवाज दिनुभएको छ । गीतमा अर्जुनरत्न भिखारी, नूतन भुसाल, योगेन्द्रमणि दाहाल, तुलसी बस्नेत, सुनिता बस्नेत थापाको शब्द तथा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली, रिदम कँडेल, सचिन सिंहको सङ्गीत संयोजन रहेको छ । एल्बममा ‘हात समाई मिठा बात गरेको’, ‘तिम्रो माया जीवनको खेल हो कि’, ‘कता गयो त्यो बैँस’, ‘तिमीसँगै जिन्दगानी बिताउन पाऊँ’ जस्ता बोलका गीत समावेश छन् ।
सभामुख देवराज घिमिरेले देशको समृद्धि र पहिचानका लागि सांस्कृतिक र कला क्षेत्रको विशेष भूमिका रहेको बताउनुभएको छ । सांस्कृतिक संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यहाँको सांस्कृतिक वैभवको विविधताको प्रवर्धन र प्रचारको माध्यमबाट देशको पहिचानसँगै आर्थिक समृद्धिमा योगदान पुग्ने बताउनुभयो । उहाँले ‘नाचघर’ को स्थापना लोकगीत, नृत्य, नाटक, सङ्गीत क्षेत्रको विकासका लागि भएकाले ती विधाका कार्यक्रम गर्ने मञ्च प्रदान गर्दै आएको बताउनुभयो ।
नेपालमा मनसुन भित्रिएसँगै फेसनपारखीमा पनि कस्तो जुत्ता–चप्पल लगाउँदा ठिक होला भन्ने सोचाइ आउन थालेको छ । गर्मी र जाडोमा फरक फरक किसिमका जुत्ता लगाउन रुचाउने फेसनपारखी यो मौसममा खुला तथा नचिप्लिने खालका जुत्ता–चप्पल लगाउन उपयुक्त ठान्छन् ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म आठ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा महानगरले ११ महिनामा आठ अर्ब २९ करोड ९४ लाख ५९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
मुलुकमा प्याज आयात हुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।
बाबुबाजेका पालादेखि पानीको हाहाकार बेहोर्दै आएका बिगु गाउँपालिका–१, स्यालुवासीको घण्टौँ लगाएर पानी बोकेर ल्याउनुपर्ने झन्झट हटेको छ। स्यालु खानेपानी योजना निर्माण सम्पन्न भएपछि स्यालुवासीको खानेपानीको समस्या हटेको सो खानेपानी योजना निर्माण समितिका अध्यक्ष सेर्पु तामाङले बताउनुभयो। अहिले घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता लोप्साङ तामाङले भन्नुभयो, “घरबाट टाढाको मर्वानी भन्ने ठाउँको कुवाको पानी पिउनुपथ्र्यो। पालो पाउन पनि गारो थियो। हिउँदमा त पालोका लागि राति नै कुवामा पुग्नुपथ्र्याे।”