धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्गको उद्घाटन गरिएको छ । पूर्वको रमणीय स्थलमध्ये साँगुरीगढी पनि एक हो । यहाँबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा लगायत पहाडी क्षेत्रका बासिन्दाहरू पहाड, मधेश आवतजावत गर्ने गन्तव्य रहेको थियो ।
निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन।
व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो ।
मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर रहेको बताउँदै यस प्रदेशका बालबालिकाको पोषणमा सुधारका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा मङ्गलबार आयोजना गरेको प्रदेशस्तरीय पोषण कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी वक्ताहरूले यस्तो आवश्यकता औँल्याउनुभएको हो। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर भएको भन्दै आठ वटा जिल्लामा पोषण सुधारका लागि सामूहिक प्रयासमा उहाँहरूले जोड दिनुभयो।
चिनियाँ अनुदानमा निर्माणाधीन चौतारा अस्पतालको नयाँ भवन निर्माण कार्य ६५ प्रतिशत पूरा भएको छ । सन् २०२२ सेप्टेम्बर ९ बाट निर्माण सुरु भएको उक्त भवन हाससम्म ६५ प्रतिशत पूरा भएको हो ।
गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो ।
कथाकार विक्रमभक्त जोशी जोशीको पहिलो कथासङ्ग्रह ‘चोभार ब्लुज’ भित्र १९ वटा कथा समेटिएका छन् । कथा नयाँ छैनन् तर नयाँ प्रस्तुतिले कथाकारको आफ्नो निजत्व देखिन्छ । सङ्ग्रहभित्रकै ‘चोभार ब्लुज’ शीर्षकबाटै यस कथा सङ्ग्रहको नामकरण गरिएको रहेछ ।
युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सामन्तवादको अवशेष मानिएको मिटरब्याज समस्या अन्त्यका लागि सरकारले सञ्चालन गरेको अभियानविरुद्ध मिटरब्याजीहरू प्रतिरक्षामा जुटन थालेका छन्। सङ्गठित हुँदै गएका मिटरब्याजीले प्रशासन कार्यालयविरुद्ध निषेधाज्ञा र अवहेलना मुद्दा लगाएर सरकारी अभियानलाई प्रश्नको घेरामा पारेका छन्। यसले मिटरब्याज समस्या समाधानमा जुटेको सरकार र प्रशासनको प्रयास र अभियानलाई चुनौतीपूर्ण बनाउँदै लगेको घटनाक्रमले देखाएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिइएको हो ।
सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुर जिल्लाको बिचमा पर्ने श्रीलङ्का टापुमा कटान तीव्र बनाएको छ। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलङ्का टापुमा मङ्गलबार अपराह्नबाट कटान तीव्र बनेको हो। वराहक्षेत्र–६, शिबाइ टोलकी शान्ति चन्द्रवंशीले नदीमा अपराह्नबाट तीव्र बहावसँगै आएको बाढीले शिबाइ टोल अगाडिको क्षेत्र कटान गरिरहेको बताउनुभयो। बेलका–८ अन्तर्गत पर्ने अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केही माथिबाट पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले जानकारी दिनुभयो।
उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका सडकखण्ड अवरुद्ध भएको छ। सोमबार साँझ परेको पानीले बाटो बगाएपछि यातायात अवरुद्ध भएको हो। मुख्य गरी मकालु गाउँपालिकाको देउराली, नुम बजार छेउ, फ्याक्सिन्दा दोभान पारी, सामाटारलगायतका ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो र बाढीको कारण ठाउँ ठाउँमा बाटो भत्किएपछि जिल्लाको उत्तरी क्षेत्रतर्फ जाने सवारीसाधन सञ्चालन हुन सकेको छैन। यस सडक मार्फत मकालु गाउँपालिका र भोट खोलाका बासिन्दा आवतजावत गर्ने गर्दछन्।
हुम्लामा सब-स्टेसन निर्माणका लागि जग्गा छनोट गरिएको छ । राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्नका लागि सब-स्टेसन निर्माण गर्न लागिएको हो ।
सत्तारूढ गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा नेपाल बनाएका छन् । संंसदीय अभ्यासमा रहेका तीन र संसद्बाहिर रहेको एक दलको यो मोर्चाको सातबुँदे घोषणापत्रमा १५ बुँदे प्रतिबद्धता छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने पहिलो उद्देश्य मोर्चाको छ । यसका नीतिगत प्रतिबद्धता मूलतः मुलुकको विद्यमान संविधानमै समेटिएका विषय देखिन्छन् । संविधानले तय गरेका राज्य