काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरीय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।
सडकमानव उद्धार गरी पालनपोषण गर्ने तथा पारिवारिक रूपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।
गायक प्रकाश दूतराजलाई ‘उत्कृष्ट युवा पुरस्कार’ प्रदान गरिएको छ । नेपाल जेसीजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कार यो वर्ष चर्चित म्याग्देली गायक प्रकाशलाई प्रदान गरिएको हो ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका कार्यकर्ताहरूको रिहाइको माग गर्दै बन्द गर्ने क्रममा धरानबाट थप ५ जना पक्राउ परेको छ ।
जर्मनीको राजधानी बर्लिनदेखि स्विट्जरल्यान्डको जूरिकको बस यात्रा सुरक्षित लाग्यो तर बसको यात्रा मलाई स्वदेश होस् कि विदेश; कहीँ पनि लोभलाग्दो लाग्दैन । जूरिक शब्दको शुद्ध उच्चारण जूरिख हुन्छ, मेरो साथी प्रकाश ए. राज भन्नुहुन्छ किनभने उहाँलाई स्विस भाषाको अल्पज्ञान छ । त्यसै अल्पज्ञानको भरमा उहाँ पटक पटक भन्नुहुन्छ, जूरिक होइन जूरिख र मलाई आनन्द लाग्छ ।
हिजोआज सडक नपुगेको गाउँ र बस्ती बिरलै भेटिएला । मापदण्ड विना बर्सेनि खनिएका कच्ची सडकहरूले गाउँ गाउँ छियाछिया बनाएको छ । सडक निर्माणलाई नियमनकारी निकायले चासो नदेखाउँदा र स्थानीय निकायले समेत जथाभाबी बजेट विनियोजन गरी सडक निर्माण गर्न एक्स्काभेटर चालकलाई जिम्मा दिँदा भूक्षय हुने क्रम बढ्दो छ ।
नेपालमा फिज्यान्ट (कालिज)का डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस, कालिज, लुइँचे र मयुर गरी आठ प्रजाति पाइन्छन् । लुइँचे र मयुर तराई, कालिजमध्ये क्षेत्र र बाँकी प्रजाति उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छन् । फिज्यान्ट ठुलो शरीरको हुन्छ । भाले रङ्गीबिरङ्गी सुन्दर देखिन्छ । यसको मुख्य बास स्थान जमिन हो । बि
हामी आँसु बहाइरहेछौँ जो भूकम्पले पुरिएर गए जो पहिरोले लछारिएर गए हामीले विषादमा नरोएको भए अनुभूतको आकाशबाट आँसु नबहेको भए
तिम्रो मुटु मेरो मुटु साथसाथ रह्यो सयौँ जुनी बाँच्ने कुरा आसआस रह्यो उकाली ओराली धेरै यात्रा सँगैसँगै गर्याेँ नछुट्टिने सयौँ वाचाहरू खातखात रह्यो
नेपालमा कुनैबेला यस्तो समय पनि थियो, जतिबेला नन्दबहादुर पुनको मृत टाउको लिएर आउनेलाई तत्कालीन सरकारले ३५ लाख रुपियाँ पुरस्कार दिने औपचारिक घोषणा गरेको थियो । टेलिभिजन, रेडियो, पत्रपत्रिका र सार्वजनिक ठाउँमा उहाँको टाउकोको मूल्य किटान गरिएको थियो । त्यसको डेढ दशक नबित्दै नेपालको दोस्रो सर्वोच्च मर्यादा क्रममा रहने उपराष्ट्रपति पदमा उहाँ बहाल हुनुभयो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति पुनद्वारा लिखित ‘यात्रा जिन्दगी : जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ यही उथलपुथलकारी यात्राको सजीव र सनसनीपूर्ण साबिती बयान हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारको सडक किनारामा बिक्रीका लागि राखिएको तरुल ।
वेल्स राज्यमा पर्ने स्कन्द भेल लन्डनबाट करिब पाँच घण्टाको यात्रामा सकिन्छ । श्रीलङ्काका तमिल समुदायको बाहुल्यता देखिने यस मन्दिरमा दक्षिण भारतीय र पछिल्लो समय नेपालीको पनि उल्लेख्य उपस्थिति हुन थालेको छ । एकै स्थानमा धेरै देवीदेवताको पूजा गरिने भएकाले यसलाई ‘परमेश्वरहरूको समुदाय’ का रूपमा विकसित गर्दै लगिएको छ । त्यति मात्र हैन, आत्मा भएका सबै प्राणी पवित्र हुन्छन् भन्ने दर्शनको आधारमा यहाँ विभिन्न जनावर तथा पन्छीको समेत पालन गरिएको छ । बेलायतमा बस्ने श्रीलङ्काली समुदायको यो महान् कामलाई प्रोत्साहनस्वरूप त्यहाँका तत्कालीन राष्ट्रपति जयबद्र्धनाले उपहार पठाउनुभएको हात्ती ‘भल्ली’ अहिले पनि विशेष महìवका साथ पुजिने गर्दछ । यस स्थलको स्थापना गर्ने गुरु श्रीसुब्रमण्यम
विश्व समुदायमा नेपालको परिचय के हो र ? नेपाल जस्ता विकासोन्मुख र साना देशहरूको परिचय विश्व समुदायमा सधैँ एकनासको हुन नसक्दो रहेछ । नेपालको स्थायी परिचय भूपरिवेष्टित तथा हिमाली मुलुक हो । प्राकृतिक/जैविक सम्पदाहरू नदी र वनजङ्गलका साथै विश्वको सर्वाेच्च शिखर सगरमाथा, सांस्कृतिक विविधता र बुद्धको जन्मस्थल पनि नेपालका स्थायी परिचय हुन् ।
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः अवरुद्ध भएको छ । मुआब्जा र वनको विवाद समाधान नहुँदा आयोजनाको काम ठप्प भएको हो । आयोजना प्रमुख रवि चौधरीका