• १० मंसिर २०८१, सोमबार

गजल

blog

तिम्रो  मुटु  मेरो  मुटु  साथसाथ रह्यो 

सयौँ जुनी बाँच्ने कुरा  आसआस रह्यो 


उकाली ओराली धेरै यात्रा सँगैसँगै गर्‍याेँ

नछुट्टिने सयौँ वाचाहरू  खातखात रह्यो 


अँधेरीमै उजेलोको सधैँ आशा हाम्ले राख्यौँ

तिम्रो  मुटु  मेरो  मन्दिर  साथसाथ रह्यो 


आँखाआँखा इसारामा के के कुरा गरे’थ्यो

सुसेली र सुस्केराको  बाँकी  बातबात रह्यो 


दिन धुम्मिएको थियो, रात कालोकालो भयो

सयौँ  जुनी  बाँच्ने   कुरा  आसआस रह्यो