अतिरिक्त हुलाक खारेजीको विरोधमा जिल्ला प्रशासन आगाडि प्रदर्शन गरिएको छ । सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू विरोधमा उत्रिएका हुन् ।
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजीमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका –२ एक्लेफाँटमा भएको दुर्घटनामा लम्जुङ, सुन्दरबजार न.पा.–९ बस्ने ५८ वर्षीय चन्द्र ब. गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो ।
सङ्घीय सरकारबाट बजेट नआउँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा समस्या भएको छ । गाउँपालिकाको वडा नम्बर ३ घट्टेखोलास्थित निर्माणाधीन भवनका लागि सङ्घीय सरकारबाट आउनुपर्ने बजेट समयमै नआउँदा भवनको काम अलपत्र परेको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल—चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरूको वृद्धि हुने बताउनुभएको छ ।
काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी रु मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उहाँले भन्नुभयो, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल बिरानो बन्न थाल्यो ।”
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताउनुभएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारले नसर्ने रोगहरूको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।
बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । यसअघि सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो ।
“इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताउनुभएको छ ।
ग्रामीण विकास केन्द्र नेपालले तातो हावा तथा 'लू' बाट बच्न विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री वितरण गरेको छ ।
दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।