नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको एक भारतीय नम्बरको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छानबिनका लागि शुक्रबार राति नियन्त्रणमा लिएको छ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेडलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले वीरगन्जलाई २–१ गोलले हरायो ।
कवि एवम् गीतकार जगदीश्वर पोखरेलको १५ वटा कृतिको एकैसाथ लोकार्पण भएको छ । पोखरेलले वर्षौँ साधना गरेर तयार गर्नुभएको विभिन्न १५ कृतिको शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रमबिच लोकार्पण गरिएको हो ।
विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो।
नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ ।
नेकपा (एमाले) को झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा विभिन्न प्रदेश र जिल्ला पार गर्दै शनिबार पाँचथर सदरमुकाम फिदिम आइपुगेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । उहाँले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
व्यायामको लागि नेपालकै जेठो संस्था नेपाल व्यायाम मन्दिरले शनिबार गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलगायत विभिन्न व्यक्तित्वलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठुलो जलविद्युत आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना हुनुभएको छ । मङ्सिर २८ गते बिहीबार उहाँ अस्पताल भर्ना हुनुभएको हो ।
अरहान्तकेशर सिंह र बिपना ब्लोन शनिबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन हुनुभएको छ ।
सर्लाहीका उखु किसानले शनिबार दिउँसो उखुको लाँक्रासहित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गरेका छन्।
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागतरुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक सहित प्रकाश माध्यमिक विद्यालयले जितेको छ ।