• २२ वैशाख २०८१, शनिबार

जगदीश्वर पोखरेलको १५ कृति एकैसाथ लोकार्पण

blog

काठमाडौँ, मङ्सिर ३० गते । कवि एवम् गीतकार जगदीश्वर पोखरेलको १५ वटा कृतिको एकैसाथ लोकार्पण भएको छ । पोखरेलले वर्षौँ साधना गरेर तयार गर्नुभएको विभिन्न १५ कृतिको शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रमबिच लोकार्पण गरिएको हो । 

पोखरेलका लोकार्पण भएका कृतिहरूमा पद्यमञ्जरी, पद्यहार, शादूललालित्य, अक्षराङ्कुर, पद्यकुञ्ज, पद्यमालती, पद्यपल्लव, पद्यमाला, शब्दस्पर्श, शब्दांश, शब्दतरङ्ग, भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन र पाउँदीका गीत रहेका छन् । भाषा वैज्ञानिक डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रम भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

उक्त कृतिहरूको अनुपम सिर्जना प्रतिष्ठान, कर्मदा सिर्जना मञ्च नेपाल र कृति पेज टर्नर प्रालिले प्रकाशन गरेको हो । यी कृतिहरूमा शास्त्रीय (वार्णिक), मात्रिक र लोकछन्दका स्वादहरू लिन सकिनेछ ।