• २ जेठ २०८१, बुधबार

हनुमानढोकालाई सुन्दर बनाउने अभियान सुरु

blog

हनुमानढोका परिसरमा सौन्दर्यीकरण अभियान अन्तर्गत काम हुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते । श्री सार्दुल जङ्ग गुल्म र काठमाडौँ महानगरपालिका हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमको सहकार्यमा शुक्रबार हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजनाअनुरुप गुल्मपति सेनानी पूर्ण प्रजापतिको उपस्थितिमा सो सौन्दर्यीकरण अभियानको प्रारम्भ भएको हो ।

२९ औँ महानगर दिवसको उपलक्ष्यमा थालिएको यस सौन्दर्यकरण कार्यक्रममा श्री शार्दुलजङ्ग गुल्मका सैनिक जनशक्तिको उपयोग गरिने भएको छ । विश्व सम्पदासुचीमा सुचिकृत हनुमानढोका दरबार स्क्वायर परिसरमा अस्तव्यस्त सावरी साधन पार्किङलाई व्यवस्थित बनाउन २०७७ सालमै शार्दुलजङग गुल्मका तत्कालीन गुल्मपति विकास शाक्यको नेतृत्वमा यस क्षेत्रको सौन्दर्यीकरण अभियान सुरु भएको थियो ।

गुल्मपति प्रजापतिले सो कार्यक्रमअन्तर्गत यसपालि विस्तारित रुपमा काम हुनेछ, भन्नुभयो । ‘हनुमानढोका दरबार परिसरको सौन्दर्यकरणका लागि सबै सरोकारवाला निकायसँगको सहकार्यमा श्री सार्दुलजङ्ग गुल्मले रेखदेख गर्नेछ ।

हनुमानढोका क्षेत्रलाई सफासुग्घर राख्न शुक्रबार सरसफाइका साथै गमला स्ट्यान्डमा गमला राख्ने काम सम्पन्न भएको छ । आगामी दिनमा सो क्षेत्रको सोन्दर्यीकरणका लागि मरु त्वा पुचः र श्री शार्दुल जङ्गले रेखदेख र व्यवस्था गरिने बताइएको छ । शार्दुलजङ्ग गुल्मले गुर्जु पल्टनका साथै हाल धिमे बाजाको साथमा जात्रामा पनि सहभागी भएर परम्परा, संस्कृति र सम्पदाको अपनत्व लिँदैआएको छ ।