• १६ वैशाख २०८१, आइतबार

धरौटी बुझाउन पूर्वगृहमन्त्री खाण जिल्ला अदालतमा

blog

नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २९ गते । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्व गृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नका लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

खाणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपियाँको बैंक ग्यारेन्टी बुझाउनुभएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छोडिनेछ ।