• ९ जेठ २०८१, बुधबार

संयुक्त राष्ट्रसङ्घको युद्धविराम प्रस्ताव पारित गरेपछि पनि गाजामा आक्रमण जारी

blog

काठमाडौं, मङ्सिर २९ गते । संयुक्त राष्ट्रसङ्घको युद्धविराम प्रस्ताव पारित गरेपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो ।

जसमा १० बालबालिका छन् । मध्य गाजामा इजरायली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु भएको बताइएको छ । उत्तरी गाजापट्टीमा इजरायली आक्रमणमा अन्य १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

त्यस्तै अर्का गाजा निवासीले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताउनुभयो । आफूहरुले बम विस्फोटको आवाज मात्रै सुनेको र विनाशपछि मानिसहरुको शव मात्रै देखेको केही स्थानीयहरुले बताएका छन् । सो क्षेत्रमा १० वटा घर ध्वस्त भएको बताइएको छ ।

गाजा अक्टोबर ७ देखि ठूलो इजरायली घेराबन्दी र बमबारीमा छ । जसमा अहिलेसम्म १८ हजार ६ सय प्यालेस्टाइनीको मृत्यु भएको छ भने ५० हजार ५९४ जना घाइते भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल