अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २८ गते । पूर्व विद्यार्थी मञ्चले श्रवण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपट वितरण गरेको छ । पुतली बजार–१४, लामागेमा रहेको श्रवण मावि अध्ययनरत १२३ जना विद्यार्थीहरूलाई एक लाख २५ हजार रुपियाँ बराबरको न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन केसी र प्रधानाध्यापक हिमलाल ढकाललाई मञ्चका अध्यक्ष अमृत लामिछानेले न्यानो कपडा हस्तान्तरण गर्नुभएको हो । विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पूर्व विद्यार्थी मञ्चले सानो सहयोग गरेको बताउँदै अध्यक्ष लामिछानेले आगामी दिनमा समेत सहकार्य गर्ने बताउनुभयो ।
समितिका अध्यक्ष रबिन केसीले पूर्व विद्यार्थी मञ्चले गरेको सहयोगप्रति आभार प्रकट गर्दै विगतमा मञ्चले दिएको रकमलाई सृजनशील गतिविधिमा लगानी गरेको बताउनुभयो ।