बाबुराम देवकाेटा
सिन्धुलीमाढी, मङ्सिर २७ गते । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली नजिक हायस दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजेतिर भएको दुर्घटनामा परी १२ जना भएका छन् ।
काठमाडौँबाट गाईघाटतर्फ जाँदै गरेको बा ३ ख ९७८८ नम्बरको उक्त हायस ब्रेकफेल भई सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हायसमा चालक र सहचालक सहित १४ जना थिए । घाइते सबैको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य छ । चालक र सहचालक सकुशल छन्।
दुर्घटनाको अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।