तिलाचन पाण्डे
तम्घास, मङ्सिर २७ गते ।
गुल्मीमा विद्यार्थीलाई बालयौन दुराचारको आरोपमा एकजना शिक्षक प्रकाउ परेका छन् ।
पर्वतको बिहादी गाउँपालिका घर भई कालीगण्डकी गाउँपालिका गुल्मीमा अध्यापन गराउने ४७ वर्षीय खिमप्रसाद भट्टराईलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भट्टराईलाई जिल्ला अदालत गुल्मीबाट पाँच दिनको म्याद थप गरी करणीसम्बन्धी कसुर (बालयौन दुराचारको आरोपमा) थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।