• ११ पुस २०८१, बिहिबार

बारामा एकको मृत्यु, ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर

blog

झडपका क्रममा गाडीमा पुगेको क्षति । उपप्रमुखको गाडीमा ल्याइएको भाटा । तस्बिर: शिवशङ्कर

शिवशंकर मिश्र 

बारा, मङ्सिर २७ गते ।  बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ । 

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । 

नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । 

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढ नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २५ वर्षका लक्ष्मी मुखियाको निधन भएको पुष्टि गर्नुभयो ।

यो पनि पढ्नुहोस

बारामा झडप : स्थिति नियन्त्रणमा लिन हवाई फायर