काठमाडौं, मङ्सिर २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैङ्कका देशीय निर्देशक पेरीस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमामा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैङ्कले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्याएको सहयोगको सराहना गर्नुभयो ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैङ्कले सहयोग गर्ने अपेक्षा गर्नुभयो ।
जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैङ्कबिचको सहकार्य सुदृढ रहेको बताउनुभयो ।