संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बस्नु भएको छ । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बस्नुभएको हो ।
गत कात्तिक १७ गते मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका स्थित रामिडँडा केन्द्रबिन्दु पारेर गएको ६.४ म्यग्नेच्यूटको भूकम्पले एक सय एक जनाको ज्यान गयो भने भूकम्प पछि मात्र ३६ जनाको अनाहकमा ज्यान गइसकेको छ । हजारौँको सङ्ख्यामा घाइते बने र करौडौको भौतिक संग्रचनामा क्षति भएको छ ।
नेपाल आफ्नो भौगोलिक अवस्थितिको कारणले पर्यटकहरूको आकर्षणको केन्द्र रहेको छ । त्यसमध्ये उदयपुर जिल्लाको उदयपुरगढी एक हो । चुरे, भाँवर, दुन र महाभारत पर्वत समेटेर बनेको जिल्ला उदयपुर ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक, प्राकृतिक र पर्यटकीय दृष्टिले महìवपूर्ण छ । उदयपुरगढी, चौदण्डीगढी, मोतीगडा, देवधार, नेपालटार, बेल्का दरबार, रङ्गमहल र अन्य विभिन्न ऐतिहासिक स्थलका साथमा मैनामैनी र रौता जस्ता धार्मिक क्षेत्र प्रशस्तै रहेका छन् । ताप्ली, सुके
जुन दिन जल्लादहरूले मेरो घाँटीमा फाँसीको फन्को लगाएर आफ्नो गलामा नरमुण्डमाला सजाए ठिक त्यही दिन धर्ती उन्मुक्त भएर हाँसेको थियो
शक्तिशाली कविहरू जन्मे यो धरतीमा शक्तिशाली सम्राट्हरू जन्मेसँगै भगवान्को भजनसँगै ती सम्राट्हरूको पनि भजन गाउँदै गाउँदै । प्रतिस्पर्धा नै हुन्थ्यो कविहरूको
‘सत्कर्म गर्नु, ढाँटछल नगर्नु, इमानदार बन्नु, कोही अन्यायमा परेको छ भने टुलुटुलु हेरेर नबसी त्यस्ताको उद्धार गर्नु, न्यायको पक्षमा बोल्नु, अरू कुरा त आफैँ राम्रो भइहाल्छ नि ।’ कुनै पनि मानिसले उल्लिखित कुरा पालन गर्छ भने त्यो व्यक्ति समाजका लागि पक्कै पनि उदाहरणीय व्यक्तित्व बन्दछ । सच्चा समाजसेवीमा हुने गुण नै यिनै हुन् तर अचेल समाजसेवा पनि आर्थिक उपार्जन गर्ने पेसा बनेको छ । तपाईंको व्यवसाय के हो भनेर सोधिँदा गर्वका साथ ‘समाजसेवा’ भन्नेहरू धेरै छन् । वास्तविक समाजसेवा त निःस्वार्थ भावले गरिने कर्म
नैनीताल, नैनीताल भनेर धेरै समय अघिदेखि सुनेको हो । लाग्थ्यो, शब्द सुन्दै यति आत्मीय र प्रिय छ भने त्यसलाई नजिकबाट प्रत्यक्ष रूपमा छोएर, छामेर आँखाभरि अजमाउन पाए झन् कस्तो होला ? देशभित्रको माटो हो कि मुलुक बाहिर हो ? घाम झुल्के पारा कसरी पुगिएला ? मनमनै कुरा फत्काएर मगजभरि बगे्रल्ती जिज्ञासा उब्जिएको थियो ।
फिदिम २ मा निर्मित पाहुनाघर (तरेवा हिम) आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । फिदिमदेखि १२ किलोमिटर दुरीमा अवस्थित यो घर उच्च स्थानमा रहनुका साथै कलात्मक र मौलिक भएकाले घुमघामका पारखीका लागि आकर्षणको केन्द्रबिन्दु बनेको हो ।
ललितपुरको लगनखेल, सातदोबाटो, चापागाउँ हुँदै २५ किलोमिटरमा पुगिने कोन्ज्योसोमले ‘सङ्घीय राजधानीको दुर्गम’ नामको पीडा वर्षौं खेप्यो तर यतिखेर कन्ज्योसोम ‘सङ्घीय राजधानीको दुर्गम’ हैन, घुमघाम गर्ने नजिकको रमाइलो गन्तव्यका रूपमा स्थापित हुन पाएको छ । तामाङ समुदायको स्वागत र सत्कारले कोन्ज्योसोम आउने पर्यटकलाई मोहित बनाउँछ । करुवाको पानी मयूरको प्वाँखले छम्किएपछि मात्रै खानेकुरा खानुपर्ने संस्कार छ । यो आफैँमा अनौठो चलन हो ।
धरानस्थित विजयपुर नेपालको ऐतिहासिक तथा धार्मिक स्थल हो । धार्मिक ग्रन्थमा विजयपुरको पुरानो नाम ‘वेदीपुर’ उल्लेख भएको पाइन्छ । विजयपुर सुन्दर र प्रकृतिले धनी छ । विजयपुर नेपालको चारधामको नामले चिनिन्छ; जहा“ एकै स्थलमा पैदल यात्रा गरेर दर्शन गर्न सकिन्छ । चार शक्तिपीठ पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पञ्चकन्या हुन् । विजयपुरको दक्षिण भेगमा पिण्डेश्वर महादेवको मन्दिर, बिच भागमा दन्तकाली मन्दिर र उत्तर पूर्वतर्फ बुढासुब्बा मन्दिर र उत्तर पश्चिमतर्फ अलिक उच्च स्थानमा पञ्चकन्या मन्दिर रहेको छ । पञ्चकन्या मन्दिरको उत्तरपूर्वी भागको उच्च स्थानमा विजयपुरे अन्तिम राजा बुद्धिकर्ण सेन अर्थात् भताभुङ्ग दरबारको अवशेष देख्न सकिन्छ । उक्त सानो स्थान तारले घेरिएको छ, भित्र केही इँटा तथा ढुङ्गा देखिन्छ
मधेश प्रदेशकै गौरवको आयोजना मानिएको बर्दीबास मेडिकल कलेज निर्माणमा एकपछि अर्को सर्त, समस्या र चुनौती थपिँदै गएपछि यसको भविष्य अनिश्चित र अन्योलपूर्ण बन्दै गएको छ । निर्माणको प्रारम्भिक चरणमै वातावरणमा
नेपाली गीत/सङ्गीत र कोलकाताको साइनो ऐतिहासिक छ । विसं १९६५ (सन् १९०८) मा सेतुरामले कोलकातामा गएर पहिलो पटक नेपाली गीत रेकर्ड गराउनुभन्दा छ वर्षअघि (सन् १९०२) नै कोलकातामा विश्वप्रसिद्ध बेलायती रेकर्डिङ कम्पनी द ग्रामोफोन एन्ड टाइपराइटर लिमिटेडले आफ्नो शाखा (सन् १९०७ मा कम्पनीको टाइपराइटर व्यवसाय सोचे अनुसारको नभएपछि व्यवसाय बन्द गरेर कम्पनीको नाम परिवर्तन गरी द ग्रामोफोन कम्पनी लिमिटेड राखियो) खोलिसकेको थियो ।
छिन्चुदेखि घारीवन हुँदै काल्चे जोड्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले सडक निर्माण अलपत्र परेको हो । गुर्भाकोट नगरपालिका–१, ५ र ६ सहित भेरीगङ्गा नगरपालिकाको वडा नं. ६, ७, १० र १२ छुने गरी सडक निर्माणको काम थालिएको थियो । सडक निर्माण सुरु गरिएको डेढ वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको जिम्मा पाएको कन्काई/गणपति जेभीले काम नगर्दा सडक अलपत्र परेको हो ।
दोलखाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा नै आवासीय सुविधाको व्यवस्था गरेको छ । तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माविले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो ।
इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।