‘खेलकुद हाम्रो सान खेलाडि उत्पादन गर्ने हाम्रो अभियान’ नारासहित वराहक्षेत्र नगरपालिकामा माघ १६ गतेबाट दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग सुरु हुनेभएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको छ । जिल्लाका ६ वटा स्थानीय तह मध्य चौरजहारी नगरपालिका उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा चौरजहारी नगरपालिकाले सबैभन्दा बढी नम्बर प्राप्त गरेको छ ।
बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको छ ।
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय शियाराम महतोको एक कोठे पक्की घरमा जुवातास खेलिरहेका अवस्थामा आठ जनालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।
क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुखर्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय हुनुहुन्छ ।
इरानका लागि पाकिस्तानका राजदूत मोहम्मद टिपू आफ्नो कूटनीतिक कार्यभार सम्हाल्न इस्लामाबादबाट इरानको राजधानी पुग्नुभएको छ ।
मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि दारको ठेकी संरक्षण थालिएको छ । दारको ठेकीका लागि प्रसिद्ध मकवानपुरमा ठेकी संरक्षण गर्न तालिम सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले सरुवा वदरको मागसहित दायर गर्नु भएको रिट उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले खारेज गरेको छ ।
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाखसहित सम्मान गरेको छ । साठी वर्ष उमेर पूरा भएका ३० स्वयंसेविकालाई बिदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पुर्याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुुसन्धान तथा प्रवद्र्धन कार्यक्रम सुुरु भएको हो ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गर्नुभएन । विगतका वर्षमा तरुलखेती देखिने उहाँको बारीमा यस वर्ष कोदोखेती गर्नुभयो ।
बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल ओखलढुङ्गा बस्ने ४८ वर्षीय नेत्रबहादुर नेम्वाङ (नरेश)लाई प्रहरीले पक्राउ गरेको हो ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढिकरण र मानवअधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा पैरबी गर्दै महत्त्वपूर्ण उपलब्धी हासिल गर्न योगदान दिएको बताउनुभयो ।
बागलुङ नगरपालिका-६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो ।