सिगासको थला गाउँको दलित बस्तीमा खानेपानीको समस्या भएको छ । यहाँको २५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँ दलितबस्तीमा खानेपानी नहुँदा समस्या भएको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने बाध्यता रहेको छ ।
राजनीतिक कालखण्डमा अनेक उतारचढाव भोग्दै आएको मुलुकको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसले स्थापनाको ७८ औँ स्थापना दिवस शुक्रबार मनाएको छ । हुकुमी जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापनाको मूल उद्देश्यका साथ स्थापित कांग्रेसको ऐतिहासिक पृष्ठभूमि नियाल्दा ‘फुटेर होइन, जुटेर मात्र उद्देश्य अनुरूपको लक्ष्य हासिल गर्न सकिन्छ’ भन्ने पुष्टि भएको देखिन्छ । २००३ साल कात्तिक १५ गते मित्रराष्ट्र भारतको ऐतिहासिक सहर बनारसमा गरिएको एक भे
नेपालीमा प्रख्यात उखान छ– ल्हासा जानु कुतीको बाटो । नेपालमा तय गरिने योजना र कार्यान्वयनको प्रक्रियामा लगिने कार्यक्रम लगभग त्यस्तै प्रकृतिको हुने गरेका छन् । देशको आवश्यकता एकातिर छ भने देश विदेशमा विद्यावारिधि हासिल गरेर आएका विद्वान्हरूबाट निर्माण गरिने योजनाले अर्कै दिशा समात्ने गरेका छन् । जनताका आवश्यकता र चाहना पूर्वपट्टि फर्किएका हुन्छन् तर सयौँ बैठक गरेर तय गरिएका कार्यक्रमले पश्चिमतिरको बाटो अँगालेर अघि बढ्ने गरेका छन् । खोला नभएका ठाउँमा पुल बन्ने र खेतीयोग्य जमिन नभएका ठाउँमा कृषि कार्यालय स्थापना गर्ने जस्ता योजना बनिरहेका हुन्छन् ।
‘सहिद’ शब्दको निर्माण सम्भवतः समाजमा राजनीतिले प्रभाव जमाउँदै गएपछि मात्रै भएको हुनु पर्छ । देशका लागि आफ्नो ज्यान आहुति दिने, मूलतः राजनीतिक कारणले आफ्नो प्राण त्याग्ने साहसी मान्छे नै सहिद हुन् भन्ने परिभाषा स्थापित भएको छ तर प्रश्न उठ्छ, के यत्तिमै सहिदको अर्थ सीमित हुनु न्यायसङ्गत छ ? नेपालको इतिहासमा जो सहिदको सन्दर्भ छ, त्यसमा टिप्पणी गर्न आवश्यक छैन । विसं १९९० ताकाका राणाकालीन सहिदको परिभाषा यथोचित छ भन्नुमा दुई मत छैन । वास्तवमै दशरथ, धर्मभक्त, गङ्गालाल, शुक्रराज सहिद हुन् भन्ने तथ्यमा कुनै विवाद नै छैन । पछि गएर राजतन्त्रात्मक समयमा राजामाथि बम हान्न खोज्ने, बम हान्ने साथै अन्य प्रकारका राजद्रोहको आरोप लागेकाहरू जसलाई मृत्युदण्ड दिइयो, ती पनि स्वाभाविक रूपमा कालान्तरमा सहिद कहलाइए ।
गणतन्त्र संस्थागत भएको डेढ दशकको अवधिमा राजनीतिक, सामाजिक र संरचनागत हिसाबले सङ्घीयता व्यावहारिक रूपमा सफल भएको छ । समानुपातिक र समावेशीसहित समानता, सामाजिक न्याय, आर्थिक, सामाजिक क्षेत्रमा समान पहँुचका बारेमा आमनागरिकबिच पैदा भएको जागरणले सङ्घीयता सफलोन्मुख देखिएको हो । जनताको बलिदानीपूर्ण सङ्घर्षको जगमा स्थापित यो व्यवस्थामा सबैभन्दा बढी लाभ जनताले नै पाउनु पर्छ भन्ने सार्वभौम मान्यता हो । यही मा
विश्वमा ग्रिन हाइड्रोजन अर्थात् हरित ऊर्जा उत्पादनको लहर चलेका बेला हालै नेपाल सरकारले ग्रिन हाइड्रोजन नीति–२०८० स्वीकृत गरेको छ । २०८० माघ ३ गतेको मन्त्रीपरिषद् बैठकले उक्त नीति पारित गरे पनि नेपालमा सरकारी स्तरबाटै ग्रिन हाइड्रोजनको उत्पादनबारे विस्तृत अध्ययन भइसकेको छैन । सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञहरूले नेपालमा यसको प्रशस्त सम्भावना देखेका छन् । केही नयाँ अभ्यास पनि सुरु भइसकेका छन् । दक्षिण कोरियाबाट हाइड्रोजन इन्धन गाडी ल्याएर काठमाडौँ विश्वविद्यालयले धुलिखेलमा परीक्षणसमेत गरिरहेको छ । विश्व बजारमा हुन्डाई, टोयटालगायत कम्पनीले हाइड्रोजन इन्धनबाट चल्ने गाडी उत्पादन गरिसकेका छन् । नेपालमा हाइड्रोजन इन्धनबाट चल्ने गाडीलाई सञ्चालन गर्न दिने स्पष्ट कानुनी व्यवस्था छैन । नयाँ प्रवि
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण गर्न पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने गरेको बताउनुभएको छ । पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को राजधानीमा शनिबार विमोचन गर्दै उहाँले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिबार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निसान भट्टराई र लीला गजमेरको स्वर रहेको छ ।
देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जारी गरेको हो । सहकारीमा आबद्ध सम्पूर्ण सदस्यको सदस्य पहिचान फाराम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न विभागले निर्देशन जारी गरेको हो । सहकारी सङ्घ/संस्थाहरूको अनुगमन निरीक्षणमा सबै सदस्यको फाराम भरे/नभरेको समेत अनुगमन गरिने विभागले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
लामो समयसम्मको खडेरीका कारण पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ, जौ, उम्रिन सकेनन् । माघको दोस्रो हप्ता लागिसक्दा पनि पानी परेको छैन । हिमाली तथा पहाडी क्षेत्रमा छरेको हिउँदे बाली सुकेर पहेँलो हुन थालेको छ । कतिपय ठाउँका किसानले आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउँदैनन् ।
चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ ।
सुदूरपश्चिम प्रदेशमा लगानी जुटाउने विषयमा सो प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को प्रतिनिधिमण्डलबिच छलफल भएको छ । एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार सो छलफलका क्रममा मन्त्री शाहीले कृषि र पर्यटनका क्षेत्र प्रदेश सरकारको प्राथमिकताको विषय भएको बताउँदै लगानी गर्न एनआरएनएका अगुवाहरूलाई आग्रह गर्नुभएको थियो ।
नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो । उहाँले भन्नुभयो, “प्रधान कार्यालय सिनामङ्गलमा सार्ने विषयमा विभिन्न समयमा छलफल, नीतिगत निर्णय र विस्तृत परियोजना प्रतिवदेन तयार भएपनि निर्माणको चरणमा जान सकेको थिएन । भूमि पूजन भएसँगै यसको निर्माण प्रक्रियाका लागि लगानी, लागत, बोलपत्रलगायतका प्रक्रिया अघि बढ्ने छ ।”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा