फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अँगाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीसँग प्रहरी समायोजनको विषयमा छलफल गर्नुभएको छ।
पत्रकार तथा लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहबिच लोकार्पण गरिएको छ । शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभयो ।
पाँचौँ दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
राहदानी विभाग, त्रिपुरेश्वरको परिचयपत्र शाखामा कार्यरत तत्कालीन कम्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
गोरखापत्र अनलाइन प्रकाशनमा कार्यरत पत्रकार तथा कर्मचारीका लागि ६ दिने मल्टिमिडिया तालिम सुरु भएको छ ।
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नोटिस जारी गरेको हो ।
स्काई वाल्क टावर अन्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट चेस क्लबका १८९३ रेटेड सिएम पुरुषोत्तम चौलागाईँले जित्नुभएको छ ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गर्नुभएको छ।
जाडोबाट प्रभावित विद्यालयका बालबालिकाका लागि फाउण्डेसनले अहिले ‘न्यानो अभियान’ नै सञ्चालन गरेको छ ।
यहाँका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागि परेका छन् ।
गण्डकी प्रदेश सभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेश सभा सचिवालय पुग्नुपर्ने थियो ।
नारायणगढस्थित सम्पूर्ण किताबले विद्यार्थीलाई पढ्ने बानी बसाल्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।