कास्कीमा चालु आर्थिक वर्षको छ महिनामा ५० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर २२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७७/७८ मा भएका सवारी दुर्घटनाको सङ्ख्या ६४ थियो । उक्त दुर्घटनामा परेर ४३ जनाको ज्यान गएको र ३२ जना गम्भीर घाइते भएका थिए ।
सामूहिक च्याउ खेतीबाट राम्रो आम्दानी लिन सफल भएपछि गैँडाकोट नगरपालिका–४ का महिलाको जीवनस्तर पनि परिवर्तन हुँदै गएको छ । पूर्वी नवलपरासी देशकै धेरै च्याउ उत्पादन हुने जिल्लाको सूचीमा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गैँडाकोट, देवचुली कावासोती, मध्यबिन्दु नगरपालिकाका धेरै स्थान च्याउ खेतीका लागि उर्वर मानिन्छ । यो जिल्लाबाट वार्षिक ४० टन कन्ने च्याउ उत्पादन गरी वार्षिक चार करोड रुपियाँसम्मको च्याउ उत्पादन तथा बिक्री हुने गरेको केन्द्रले जनाएको छ । गैँडाकोटका स्वावलम्बी महिला समूहका महिलाले व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधी पाइँदैन । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या हुने गरेको छ । निःशुल्क घोषणा गरेका औषधी नागरिकले बाहिर किन्नुपर्ने बाध्यता छ । मङ्सिरसम्म औषधी भए पनि पछिल्लो समय औषधी सकिँदा बिरामीलाई बाहिर खरिद गर्न सुझाव दिने गरेको नारायणपुर सहरी प्रवर्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्य बताउनुहुन्छ । प्रवर्धन केन्द्रका प्रमुख आचार्यले भन्नुभयो, “गत मङ्सिरसम्म निःशुल्क रूपमा पाइने औषधी थिए तर अहिले सकिएका छन् । औषधी नहुँदा सेवाग्राहीलाई बाहिर बजारमा रहेका औषधी पसलमा किन्न भन्ने गरेका छौँ ।” निःशुल्क भनेको औषधी नपाउँदा बिरामीले गुनासो गर्ने गरेको बताउनुभयो ।
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका काम सञ्चालन भइरहेको छ । कालीकोटमा निर्माण हुने ४८० मेगावाटको आयोजना निर्माणपूर्वका विभिन्न चरणका काम भइरहेका छन् । विद्युत् उत्पादन कम्पनी र एनएचपिसी इन्डिया लिमिटेड कम्पनीको संयुक्त लगानीमा आयोजना निर्माण हुने छ । आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम भइरहेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजना प्रमुख डम्मर उप्रेतीका अनुसार मुआब्जा वितरणको ९५ प्रतिशत काम सकिएको छ । हालसम्म एक हजार तीन सय रोपनी जग्गा अधिग्रहण भइसकेको छ । जग्गा अधिग्रहणमा ५५ करोड रुपियाँ खर्च भइसकेको र अब न्यून रकम वितरण गर्न बाँकी छ ।
शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाल्नुभयो । ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोस पाखे ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ ।
कैलाली जिल्लाको भादामा सञ्चालित थारू होमस्टे (घरबास) भ्रमणमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले थारू भाषामा ‘महिन आकुर सिन्किक् टिना देऊ’ (सिन्कीको तरकारी अझै दिनुहोस्) भन्नुभयो । थारू समुदायको रैथाने परिकार ढिक्री र सिन्की आफ्नो मन पर्ने परिकार भएकाले थपेर खाएको भनाइ उहाँको छ । थारू भाषा तथा संस्कृतिसँग चिरपरिचित मुख्यमन्त्री शाहका लागि थारू परिकार कुनै नौलो चिज थिएनन् ।
दुई वर्षअघि अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका जोड्ने देउरास्थित झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई खोला वारपार गर्न जोखिम भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माणका लागि ठेक्का लगाएको एक वर्ष बितिसक्दा पनि निर्माण सुरु नहुँदा स्थानीयले यस्तो समस्या भोग्दै आएका हुन् ।
दोलखाको उत्तरी दुर्गम सुरीका दम्पतीले विभिन्न आरोह अवरोह खेपेर पनि राडी पाखी बुन्ने पेसालाई जेनतेन अहिलेसम्म जोगाइ राख्नु भएको छ ।
पृथ्वीराज मार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ ।
विश्वमा हुँदै आएको जीवाश्म इन्धनको अधिक प्रयोगका कारण जलवायु परिवर्तनसम्बन्धी असर दिनानुदिन बढिरहेको छ । विश्वव्यापी तापमान वृद्धि न्यूनीकरणका लागि भइरहेका अन्तर्राष्ट्रिय पहल तथा कार्बन उत्सर्जन कटौतीप्रतिको प्रतिबद्धता अनुरूप केही वर्षयता वैकल्पिक ऊर्जाको प्रयोगतर्फ विश्वव्यापी चासो र प्रतिबद्धता वृद्धि हुन थालेको छ । छिमेकी मुलुक चीन र भारतले वैकल्पिक ऊर्जाका रूपमा ‘ग्रिन हाइड्रोज’ को उत्पादन तथा प्रयोग गर्न राष्ट्रिय नीति निर्माण गरेर अगाडि बढिर
समुदायमा कांग्रेस अभियानका लागि यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता जिल्ला फर्कने क्रममा छन् । हिमाली १० जिल्लाबाहेकमा सञ्चालन हुन लागेको यो अभियानमा कांग्रेसले हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । सभापतिदेखि सहमहामन्त्रीहरू भने केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका छैनन् । यहीँ अभियानलाई जोडेर पार्टी महामन्त्री गगनकुमार थापाको मेचीदेखि महाकालीसम्मको संवाद यात्रा पनि सँगसँगै सुरु भएको छ । मूलतः पूर्वपश्चिम राजमार्गकेन्द्रित महामन्त्रीको यो कार्यक्र
नागरिक शिक्षा र लोकतन्त्र एकअर्काका परिपूरक हुन् । चिन्तक गुटम्यानले ‘नागरिक शिक्षाले जनतालाई राजनीतिक ज्ञान दिनुका साथै विकास निर्माणमा सहभागी हुने सामाजिक चेतनाको विकास गर्न मद्दत गर्छ’ भनेका छन् । नागरिक शिक्षाले देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालगायत संवैधानिक अङ्ग तथा यिनीहरूका काम, कर्तव्य र सामाजिक दायित्वको सम्बन्धमा सुसूचित गराउँछ । यसको साथै दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा जनमत बलियो बनाउन मद्दत गर्छ । संविधान प्रदत्त हक, अधिकार, नीति, नियम, कानुन, विधि र विधानहरूको ज्ञान दिलाउनुका साथै यस अधिकारको उपयोग गर्न सक्ने क्षमता अभिवृद्धिका लागि नागरिक शिक्षा आवश्यक मानिन्छ ।
देशको अर्थतन्त्रप्रति सबैतिरबाट चासो र चिन्ता बढिरहेका बेला अनौपचारिक अर्थतन्त्रबारे नयाँ अध्ययन बाहिर आएको छ । यो अध्ययनले नेपालमा अनौपचरिक अर्थतन्त्रको अंश व्यापक देखाएको छ । राज्यका निकायमा कतै दर्ता नभएको अर्थतन्त्र अनौपचारिक अर्थतन्त्र हो । त्यस्तो अर्थतन्त्र लेखापद्धतिमा देखिँदैन । अनौपचारिक अर्थतन्त्रमा काम गर्ने श्रमिक सामाजिक सुरक्षाको घेराभित्र पर्दैनन् तर पनि अनौपचारिक अर्थतन्त्र सम्पूर्ण रूपमा गैरकानुनी अर्थतन्त्र भने होइन तथापि अनौपचारिक अर्थतन्त्र
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा