काठमाडौं, असार १ गते । लुम्बिनी प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का:
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको कर्मचारीले प्रयोग गर्ने शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बिहान ९ः३० बजे ईनडोर रुमको (बिरामी भर्ना गर्ने कक्ष) शौचालयको डस्टविनभित्र फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।
पोखरा, असार १ गते । गण्डकी प्रदेशको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै गण्डकी प्रदेशका अर्थमन्त्री राजीप्रसाद बराल :
परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रादेशिक उद्योग उत्पादनलाई प्रबर्द्धन गर्न निजीकरण गरिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेशको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल :
प्रदेश १ को बजेट भाषण सुरु भएको छ ।
जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलन बिजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्णबहादुर खत्री बिजयी हुनुभएको छ । उहाँले एमालेका युवराज न्यौपानलाई पराजित गरी निर्वाचित हुनुभएको हो । खत्रीको १५ र न्यौपानेको मत नौ रहेको छ ।
हेटौंडा, असार १ गते । बागमती प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै बागमती प्रदेशका अर्थमन्त्री शालिग्राम जमरकट्टेल ।
सिमकोट र खार्पुनाथ गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो ।
जनकपुर, असार १ गते । मधेश प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह । संवैधानिक प्रावधान अनुसार अर्थमन्त्री साहले बुधबार प्रदेशको बजेट प्रस्तुत गर्नुभएको हो ।
काठमाडौं, असार १ गते । फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेशन्स शेन म्यानेजर रश्मी अग्रवालले जानकारी दिनुभयो। अडिसनबाट छानिएका प्रस्तुति पर्दामा प्रदर्शन हुन भने बाँकी छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ । यस्तै, भोलीदेखि डिजिटल अडिसन हुने अग्रवालले जानकारी दिनुभयो । छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिसन राखिएको हो । डिजिटल अडिसनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो इमेल superdancernepal@gmail.com मा पठाउन सक्ने आयोजकले जनाएको छ । यस बाहेक ९७७-९८०१७८५३५५० नम्बरमा ह्वाटएप वा भाइवर गर्न सक्ने बताइएको छ । फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले डिजिटल अडिसन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र गुणस्तर हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ। आजबाट सुरु हुने डिजिटल अडिसन असार ७ गतेसम्म हुनेछ ।
जिल्लाका सातवटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य बिपदको उच्च जोखिममा रहेको छ । जिल्ला मनसुुनजन्य बिपद तथा प्रतिकार्य योजना २०७९ ले ती वस्तीलाई उच्च जोखिममा रहेको औल्याएको हो ।
कर्णाली प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।