कैलालीका सेवानिवृत्त शिक्षकहरू आफूहरूसँग रहेको विज्ञतालाई स्थानीय पालिकाले प्रयोग गर्न नसकेको बताउँछन् । कैलालीको टीकापुरमा भएको सेवानिवृत्त शिक्षकको भेलाले शैक्षिक सुधारमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले मेचीनगर नगरपालिकालाई जग्गा हस्तान्तरणको विषय वर्षौंदेखि अल्झेको जनाउँदै सो विषयमा सहरी विकासमन्त्री सीता गुरुङको ध्यानाकर्षण गराएको छ । मेचीनगर न
सन् १९८८ मा हवाईमाथिको आकाश उड्डयन इतिहासको एक अविश्वसनीय र विस्मयकारी घटनाको साक्षी बनेको थियो । अलोहा एयरलाइन्सको फ्लाइट–२४३ सँगको त्यो घटना चानचुने थिएन । उड्दाउड्दै त्यस विमानको संरचना नै ध्वस्त भएको थियो । चमत्कार नै मान्नु पर्छ विमानको छत नै उड्दा पनि चालकदलका सदस्यले विमानलाई सकुशल अवतरण गराए । मात्र एक जनाको त्यस घटनामा ज्यान गयो । अलोहा एयरलाइन्सको फ्लाइट–२४३ ले हवाई राज्यको एक टापु हाइलोबाट ओआहु टापुको होनोलुलु जान अन्तर्राष्ट्रिय उडानका लागि सन् १९८८ अप्रिल २८ अपराह्न प्रस्थान गरेको थियो । विमानमा चालकदलका पाँच जना र ९० यात्रु थिए ।
घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ ।
सन् १९३० को दशकमा विश्वले आधुनिक इतिहासकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेको थियो । ‘ग्रेट डिप्रेसन’ का नामले समेत चिनिने उक्त आर्थिक मन्दी सन् १९२९ देखि सन् १९३९ सम्म कायम रह्यो । महामन्दीले उपभोक्ताको मागमा कमी, ऋण वृद्धि, महँगीजस्ता समस्या सिर्जना गरेको थियो । औद्योगिक उत्पादनमा समेत कमी आयो ।
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल युरोपेली संसदको चुनावी दौडबाट बाहिरिनुभएको छ । नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउनुहुँदै उहाँले चुनावी दौडबाट बाहिरिनुभएको हो ।
सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् ।
भूकम्प गएको करिब तीन महिना पुग्नै लाग्दा रुकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पका कारण क्षति भएका करिब ३० हजार घरमध्ये १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आठबिसकोट नगरपालिकामा पाँच हजार ७८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९१५ वटा, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएको बताउनुभयो ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीय स्थल घण्टाघरको पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौं पहिले निर्माण गरेको पर्खाल जीर्ण भएको र ठाउँ ठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाउन नगरपालिकाले ठेक्कामार्फत निर्माण थालेको हो । गत जेठबाट निर्माण थालिएको पर्खालको पहिलो चरणको काम सकिन लागेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय गाउँगाउँमा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै गएका छन् । विद्यार्थीको आकर्षण बढाउन आधुनिक शिक्षा प्रणालीसँगै विद्यालयको संरचना आकर्षक बनाउन सामुदायिक विद्यालयले ध्यान दिँदै आएका हुन् ।
पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्कीबासबाट करिब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित गजेन्द्र मोक्षधाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न थालेको छ । त्रिवेणीमा डुङ्गा चलाउने माझीको पेसा भने सङ्कटग्रस्त बन्दै गएको छ । विकल्पमा अन्य पेसा खोज्न माझी लागिपरेका छन् । विगत दुई दशकअघिदेखि बिहान झिसमिसे नहुँदै त्रिवेणीधाममा पुग्ने र घाम डुबेपछि मात्रै फर्किने रामवृस सहनीको दिनचर्या बनेको छ । उमेर बुढो भए पनि शरीरमा जोस भने जवानसरह नै छ ।
गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको सुभारम्भ गरिएको छ । हेमोडायलाइसिस सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नुभएको हो ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका वडाध्यक्ष पदमबहादुर पुनले जनतालाई सेवा दिन दैनिक तीन घण्टा पैदल हिँड्ने गर्नुभएको छ । बिहानै उठ्यो गोठमा रहेका पशुको हेरचाह अनि बाख्रालाई घाँस काटेर ल्याएर थन्काएपछि भएका अरू काम गर्ने र खानापछि झन्डै डेढ घण्टा लगाएर वडा कार्यालय पुग्नुहुन्छ। अनि फर्कंदा पनि पैदलै डेढ घण्टाको यात्रा सकेर घरमा आइपुग्नुहुन्छ।
पछिल्लो एक वर्षको संसदीय अभ्यासलाई नियाल्दा सरकारले अगाडि सारेका कानुनका सन्दर्भमा धेरै छलफल, बहसभन्दा पनि संसद् अवरुद्धका कारण बढी समय खर्चिनुपर्ने स्थिति खडा भयो ।