• १२ मंसिर २०८१, बुधबार

चार्ल्स मिशेलले इयु चुनावमा भाग नलिने

blog

काठमाडौं, माघ १४ गते । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल युरोपेली संसदको चुनावी दौडबाट बाहिरिनुभएको छ । नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउनुहुँदै उहाँले चुनावी दौडबाट बाहिरिनुभएको हो ।

उहाँले आफ्नो आलोचना गर्नेहरुको कुरालाई स्वागत गर्नुहुँदै आफ्नो बाँकी कार्यकाल राम्रोसँग बिताउने मनसाय बनाएको जानकारी दिनुभयो । उहाँले आफू युरोपेली चुनावमा उम्मेदवार नबन्ने र वर्तमान जिम्मेवारीहरू पूरा नहुन्जेलसम्म दृढ सङ्कल्पका साथ काम गर्ने बताउनु भयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल