घाना, माघ १४ गते । घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ ।
राष्ट्रपति नाना अड्डो डान्क्वा अकुफो–एड्डोले यस्तो घोषणा गर्नुभएको हो । उहाँले घाना सरकार देशमा यात्रा गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
यस वर्षबाट अन्त्यसम्ममा यो नीति लागू गर्न लागिएको बताउनुभयो । मानिसहरू, वस्तुहरू र सेवाहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्न महाद्वीपमा त्यस्ता नीतिहरू आवश्यक रहेको जानकारी दिनुभयो ।
नीति कार्यान्वयन अझ बढी प्रतिनिधिमूलक हुनुपर्ने बताउन भयो । यो नीतिले अफ्रिकी समाजका विभिन्न तहलाई फाइदा पुग्ने उहाँको भनाइ छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल