त्रियुगा नगरपालिकाको वडा नं ३ स्थित भुल्केमा भएको दूईदिने मृगौला परिक्षण शिविरमा दुईसय ७३ जना स्थानीयले नि:शुल्क स्वास्थ्य सेवा पाउनुभएको भएको छ ।
आगामी जनवरी ३१ देखि इन्डोनेसियामा सुरु हुने एसीसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले भाग लिनुहुनेछ ।
भारतबाट नेपाल आउने ८० प्रतिशत बीउ नेपालमा सूचिकृत नभएको पाइएको छ । विषादी व्यवसायी संघ कपिलवस्तुको प्रथम भेला र नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समितिको प्रथम अधिवेशनमा बोल्ने वक्ताले सो कुरा बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको जोखिम अझै कायमै रहेको छ। ८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि एक भन्दा बढी कुष्ठरोगी रहेका कारणले यो कुष्ठरोगको जोखिम कायमै रहेको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु–१९) का कप्तान देव खनाललाई ५० हजार रुपियाँसहित सम्मान गर्ने भएको छ ।
९८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाले शनिवार अनौपचारिक क्षेत्रका ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो ।
मु्लपानी मैदानमा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ८८ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले हरायो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएको छ।
धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सहिद स्मारक पर्यटकको रोजाइमा पर्ने गन्तव्य मध्ये एक हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताउनु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उहाँले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताउनुभयो ।
न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका-७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोलीले आज शिष्टाचार भेट गरेको छ ।