काठमाडौँ महानगरपालिकाले आइतबारदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने जनाएको छ । नयाँ सडकमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल उपलब्ध गराउने उद्देश्यसहित धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराइएको महानगरको भनाइ छ ।
अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २.५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।
कोपी अर्थात् काउली भन्नेबित्तिकै हरिया ठुला पातका बिचमा सेतो ठुलो र खँदिलो फूल फुल्ने तरकारीको चित्र आउँछ । सेतोबाहेक रातो, पहेँला रङका काउली पनि हुन्छन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । भोजपुरका एक युवकले सुनौलो, बैजनी र खैरोलगायतका रङका काउली उत्पादन गरेर धेरैलाई अचम्ममा पार्नुभएको छ ।
भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशकपछि विद्युत र खानेपानी पुगेको छ। प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो।
कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो ।
अवैध गतिविधि र चोरी तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएको सशस्त्र प्रहरीले बाँकेबाट ठुलो परिणाममा अवैध सामान बरामद गरेको छ।
कैलालीमा रहेका असहाय, मानसिक रोगीका लागि भवन निर्माण हुने भएको छ । सडकमा अलपत्र परेका, मानसिक रोगी, असहायहरुलाई साहरा दिंदैआएको साहरा घर नामक संस्थाले सो भवन निर्माण गर्न लागेको हो ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित पर्यटकीय स्थल कमल दह ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी काम गरेमा पार्टी अझ बलियो हुने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकमा पछिल्लो ६ महिनामा साढे चार हजार जनाले नेपाली नागरिकता र २३ जना एनआरएनएले नागरिकता प्राप्त गर्नुभएको छ ।
अखिल नेपाल कबड्डी सङ्घले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित कबड्डी लिग गर्ने तयारी गरेको छ । नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी सङ्घले तयारी थालेको हो ।
टीकापुर बजारको फोहोर नउठेपछि थुप्रिन थालेको छ । नगरपालिकाले फोहोर उठाउन छोडेपछि फोहोर राख्ने भाँडाहरु भरिएका छन् ।