प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ ।
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका लागि बाँकेमा ८१ वटै वडामा जिल्ला प्रतिनिधि खट्ने भएका छन् । कांग्रेस जिल्ला कार्यसमिति बाँकेको वैठकले ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ
मोरङमा हात्तीपाइले रोग निवारण भएको छ । रोग निवारण गर्ने उद्देश्य राखेर औषधी सेवन अभियान सुरु गरेको १२ वर्षपछि जिल्लाबाट हात्तीपाइले रोग निवारण भएको हो ।
पछिल्लो समयमा मकवानपुर र आसपासका जिल्लाका बासिन्दाहरुको वनभोज खाने र रमाइलो गर्ने स्थलमा राप्ती खोलाको किनार र नदी उकास जमिन परिणत हुँदै गएको छ ।
शनिबार दिउँसो जिल्लाको थलारा गाउँपालिका–९ मालुमेलास्थित वडा कार्यालयमा भिडभाड थियो । कोही स्थानीय बजारमा फोटोकपी गर्न, फाइल किन्न स्टेसनरी पसलमा लाइनमा थिए भने कोही काखीमा फाइल च्याप्दै वडा कार्यालयमा जाँदै थिए ।
नेपाली कांग्रेस निकट नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा आज मनोनयन गर्नु भएको हो ।
शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको रु पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ ९मूल्य अभिवृद्धिकरबाहेक०मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ ।
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ ।
बुटवल उपमहानगरपालिकाले पहिलोपटक नगर प्रतीक चिह्न प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो ।
बिसे नगर्ची नेपाली इतिहासका महान् संस्कृतिकर्मी, अर्थविद् तथा राष्ट्र एकीकरणकर्मी हुन् । उनी गोरखा दरबारमा विशिष्ट दर्जीका रूपमा राजपरिवारको कपडा, पोसक सिलाउने गर्दथे तर उनले नेपालको एकीकरणमा अर्थ सङ्कलन र
नेपाललाई सन् २०१० मै कुष्ठरोगमुक्त मुलुक घोषण गरिए पनि मधेशमा भने यो रोग अझै प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बिमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनुभएको छ ।
एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।