तनहुँमा बङ्गुर तथा सुँगुरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फैलिन थालेको छ । रोग फैलिन थालेपछि जिल्लाका दुई नगरपालिकाले बङ्गुर तथा सुँगरको ओसारपसारमा प्रतिबन्ध लगाइएका छन् । भिमाद र भानुले प्रतिबन्ध लगाएका हुन् ।
इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । ‘मेरै गाउँमा, मेरै प्राविधिक’ भन्ने नाराका साथ गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्ने योजनाका अनुसार गत आर्थिक वर्षमा छात्रवृत्ति कार्यक्रम सुरु गरेको थियो ।
तारकेश्वर नगरपालिका वडा नं. ४ शेषमती पुल क्षेत्रमा सडकमा रात दिन बिताउँदै आउनु भएका २५ वर्षका गुणबहादुर बोगटीको उद्धार गरिएको छ ।
पोखरामा जारी २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी विजयी पौडेलका अनुसार यस वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट सो परिमाणमा मह उत्पादन भएको हो ।
सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उहाँलाई सम्झाना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो ।
कैलालीको टीकापुर-८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।
हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।
बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल ओखलढुङ्गा बस्नुहुने वर्ष ४८ का नेत्रबहादुर नेम्वाङ (नरेश)लाई प्रहरीले पक्राउ गरेको हो ।
ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक बन्द हुने भएको छ । रानी महल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
लोकजीवनमा एउटा बहुश्रुत भनाइ छ, “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।” समाज उतिविधि व्यापार–परस्त नभएको समयमै चलेको यो भनाइ अहिलेको व्यापारिक युगमा झनै सान्दर्भिक हुन गएको छ । अचेल त हुने–नहुने सबै कुराको विज्ञापन गरी ग्राहक तान्ने प्रतिस्पर्धा भइरहेको छ ।
सन् १९७३ मा दुई जना मानिसले प्रहरीकहाँ गएर आफूहरूलाई एलियन (अज्ञात प्राणी) ले अपहरण गरेर लगेको दाबी गरे । प्रहरीले ठान्यो यी दुवैजना ढाँट्दै छन् । यसै कारण प्रहरीले दुवै जनालाई एउटा कोठामा एक्लै राखिदिए तर कोठामा गोप्य रूपमा ‘रेकर्डिङ’ उपकरण जडान गरिएको थियो । प्रहरी त्यतिबेला छक्क परे जब ‘रेकर्डिङ’ उपकरणमा उनीहरूले एलियनकै बारेमा कुरा गरिरहेको सुने । एलियनले आफूहरूलाई अपहरण गरेर लगेको र आफूहरू धेरै नै डराएको कुराकानी उनीहरूले गरेको सुनियो ।