नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ ।
आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको चुनौती दिएको छ।
‘आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन माघ २२ र २३ गते हुने भएको छ । कक्षा–८ देखि १२ सम्मका विद्यार्थीले सो सम्मेलनमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट-९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो ।
जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ ।
देशकै पहिलो ग्रामीण गाउँ सिरुवारि तथा पर्वत जिल्ला जोडने घट्खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पुल नहुँदा वर्षादको समयमा जोखिम मोल्नु पर्ने तथा थप दुई घण्टा लामो यात्रा गर्नु पर्नेमा पुलको शिलान्याससँगै पुल बन्ने पक्का भएको हो ।
कास्कीको पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिना गरेको अभियोगमा फरार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख श्रीराम न्यौपानेका अनुसार यो रङ भएका क्यान्डी खाँदा तत्कालै पनि समस्या देखिन सक्छन् । यसका दीर्घकालीन असर पनि छन् ।
न्याय क्षेत्रका लागि सबैलाई उपयोगी हुने हुने पुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सर्वोच्च अदालत विभागीय कार्य समितिद्वारा प्रकाशित पुस्तक ‘न्याय’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लोकार्पण गर्नुभयो ।
कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ ।
घ २ गतेदेखि नै पुनर्निर्माणको काम सुरु गरिएको भए पनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको छ।
युक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ ।
बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भूक्षय रोक्न बनाइएको वालमा ठोक्किँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जिल्लाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा गरेको छ । तामाकोसी गाउँपालिका–४ मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो ।