• १२ मंसिर २०८१, बुधबार

जापानमा डुङ्गा दुर्घटना हुँदा १० जना घाइते

blog

टोकियो, माघ १२ गते । बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा  डुङ्गा सामुद्रिक किनारमा भूक्षय रोक्न बनाइएको पर्खालमा ठोक्किँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ ।

योकोहामा शहर अग्नि नियन्त्रण विभागकाअनुसार डुङ्गा दुर्घटनामा घाइते १० जनालाई नै तत्काल अस्पताल लगिएको छ । उनीहरूमध्ये दुई जना गम्भीर घाइते भएका र अन्य आठ जना सामान्य घाइते भएका बताइएको छ ।

कार्यालयका अनुसार जहाजमा १३ जना यात्रु र चालक दलका सदस्यहरू थिए ।

जहाज त्यो साँझ योकोहामा बन्दरगाहबाट कावासाकी सहरका लागि निस्किएको र योकोहामा फर्कँदै गर्दा सामुद्रिक किनारामा ठोक्किएको बताइएको छ । रासस/सिन्ह्वा