छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिरपहरा । बिच भाग हुँदै रुकुम जोडिएको मध्य पहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । ससाना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकैछिन टक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरालो भूभागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् ।
नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो।
त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात जना पत्रकार सम्मानित हुनुभएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित प्रगति प्राथमिक विद्यालयका विद्यार्थीलाई जनज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ।
भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ। ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो।
गत एक महिनादेखि बाँकेको नेपालगन्ज लगायतका ठाउँहरूमा अत्यधिक चिसो बढेपछि हाँसको मासुको माग ह्वात्तै बढेको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको दुर्गमबस्ती मलम्पारमा पुगेको सडक । सडक सञ्जाल पुगेपछि यहाँका स्थानीयलाई सदरमुकाम आउन जान र गाउँपालिकाको केन्द्र पुग्नका लागि सहज भएको छ ।
नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले शुक्रबार छलफल गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम गरिएको दाबी गरेको छ । एक वर्षको प्रगति विवरण आज सार्वजनिक गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनतर्फ धेरै काम गरेको दाबी गरेको हो ।