हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माणकाे काम सुरु गरिएको छ । माघ २ गतेदेखि नै पुनर्निर्माणकाे काम सुरु गरिएको भएपनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको हो ।
नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहले पारदर्शी ढङ्गले कपाली तमसुक प्रमाणीकरण गरेको दाबी गर्नुभएको छ ।
सर्लाहीको बलरा नगरपालिका–४, बलरागोठमा शुक्रबार ग्यास सिलिण्डर विष्फोट हुँदा एउटा घरमा क्षति पुगेको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत गर्नुभयो ।
नेपाली कांग्रेसले माघ १३ गते सुरु हुन गइरहेको ‘समुदायमा कांग्रेस अभियान’ मा मुख्यगरी नागरिकको गुनासो सुन्ने बताएको छ ।
संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल सुरु गरिएको छ ।
युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् । शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो ।
शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो ।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
नेपाली कांग्रेसले माघ १३ गते सुरु हुन गइरहेको ‘समुदायमा कांग्रेस अभियान’ मा मुख्य गरी नागरिकको गुनासो सुन्ने बताएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको छ ।