काठमाडौँ, माघ १२ गते । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ ९आरओपी०का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ । विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको जनाइएको छ । आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा ऐतिहासिक सफलता पाएको हो । काठमाडौँ उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएको ती शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो । सो जटिल शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंले भन्नुभयो, “२९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो । बुधबार फलोअप उपचारका लागि शिशुलाई अस्पतालमा ल्याइएको थियो । मैले शिशुको दुवै आँखा परीक्षण गरेँ, आँखामा सुधार हुँदै गएको छ्र वृद्धिविकास हुँदै जाँदा समस्या न्यून हुँदै जाने देखिन्छ । तर फलोअप उपचार भने गरिरहनुपर्छ ।”उहाँकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो । चिकित्सक बजगाईंले भन्नुभयो, “शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो, जुन सफल पनि भयो ।” सो शल्यक्रियामा उहाँसहित पेडाएट्रिक एनेस्थेशियोलोजिस्ट शान्ता सापकोटा सहभागी हुनुहुन्थ्यो । रेटिना विशेषज्ञ बजगाईंलाई शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो । उहाँले भन्नुभयो, “यस्ता शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ्र । तर मैले ती शिशुको आँखाको ज्योती जोगाउन अन्तिम पर्यत्न गरेँ जुन सफल भयो । यो मेरो जीवनका लागि पनि खुसीको क्षण हो ।” शिशुको जन्म हुँदा उनको तौल एक हजार दुई सय ग्राम मात्र रहेको बताइएको छ । जन्मिएपछि २८ दिनसम्म शिशुको एनआइसियूमा उपचार भएको थियो । जन्मेको ३४ दिनपछि आइसियूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो । आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्दछ । पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जाने गर्दछ्र तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ । चिकित्सक बजगाईंले भन्नुभयो, “कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मँदा अक्सिजनको उतारचढावका कारण अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको रहेछ्र । गर्भावस्था ३४ हप्ता कम अथवा दुई किलोभन्दा कम वजन जन्मेका शिशुमा आरओपीका कारण अन्धोपन हुने जोखिम हुन्छ ।” आँखा उपचार सेवामा छोटो समयमा अब्बल सेवा प्रदान गरिरहनुभएका उहाँले प्रसूतीगृह थापाथलीमा जन्मेका नवजात शिशुको आँखा उपचार पनि संलग्न हुनुहुन्छ । आँखा अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले ती शिशुको शल्यक्रियालगायत अन्य उपचारका लागि ‘एक एक पाइला फाउन्डेसन’बाट शोधभर्ना हुनेगरी अभिभावकसँग शुल्क कुनै नलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाएको नीतिअनुसार हामी आँखा उपचार सेवालाई अब्बल बनाउने अभियानमा लागिरहेका छौँ । आगामी दिनमा अस्पतालको सेवालाई अझ विस्तार गर्दै जाने नीति लिएका छौँ ।” अस्पतालका मेडिकल रेकर्ड अधिकृत सन्तोष पौडेलका अनुसार अस्पतालले गत वर्ष सेवा पु¥याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्ता मुनिका तीन सय शिशु रहेका थिए । तीमध्ये ३६ शिशुको ‘लेजर अभास्टिन इञ्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो । यस प्रकारको उपचार सेवाका लागि पनि सर्वोत्कृष्ट मानिन्छ । आरओपी भनेको के हो त रु शिशु जन्मँदा कम तौल भएका अथवा सयम नभई चाँडै जन्मेका शिशुको आँखाका असर गर्ने रोग हो । यो रोग लागेपछि आँखाको पर्दाको रक्तनली सामान्यरुपमा बढ्न र विकसित हुन पाउँदैन । रोगले आँखाको सामान्य समस्यादेखि पर्दा फाट्नेजस्ता गम्भीर र अन्ततः दृष्टिविहीनतासम्म निम्त्याउन सक्छ । चिकित्सक बजगार्इंका अनुसार यस्ता आँखा रोगका सिकार कम तौल (दुई किलोग्राम) भन्दा कम जन्मेका नवजात शिशु, गर्भावस्था अवधि ३४ हप्ताभन्दा कम जन्मेका शिशु, जुम्ल्याहा जन्मेका तथा कृत्रिम गर्भाधानका माध्यमबाट जन्मेका शिशु तथा शारीरिक कमजोरी भएका शिशु जोखिममा हुने गर्दछन् । आरओपीको लक्षण : आरओपीको लक्षण सामान्य आँखाले देख्न सकिँदैन । विशेष उपकरणको सहायताले मात्र देख्न सकिन्छ । सामान्यतया आरओपीका लक्षणहरु जन्मेको तीन हप्ता अथवा चारहप्तापछि देखा पर्दछ । यसैले समयमा आरओपी स्क्रिरिङ गर्न आवश्यक छ । आरओपी स्क्रिरिङ कतिबेला आवश्यक छ त रु गर्भावस्था अवधि ३४ हप्ता भन्दा कम र जन्मेको शिशुको तौल दुई किलोभन्दा कम भएमा, कुनै कारणले अस्पतालमा लामो समय भर्ना भई बसेको अस्थिर स्वास्थ्यावस्था भएका शिशु, यस्ता शिशुलाई जन्मेको ३० दिनभित्र आँखा जाँच गर्नुपर्दछ । साथै २८ हप्ताभन्दा कम र १.२ किलोभन्दा कम उमेरका शिशुलाई जन्मेको २० दिनभित्र जाँच गर्नुपर्दछ । रासस
अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ ।
प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । प्युठानका गाउँघरमा समेत परम्परागत घरेलु प्रविधि विस्थापित बनेका छन् । चिउरीको बिजुला पेलेर घिउ निकाल्ने कोल, धान कुटेर चामल निकाल्ने ढिकी र मकै, गहुँ, कोदो पिसेर पिठो तयार गर्ने जाँतोजस्ता परम्परागत प्रविधिको प्रयोग अहिले गाउँमा कम हुँदै गएको छ । स्वर्गद्वारी नगरपालिका–५, सारीका ५० वर्षीय एमराज बुढाथोकीका अनुसार कोलमा चिउरीको बिजुला पेलेर घिउ निकालेको हिजो जस्तो लाग्छ । आधुनिक प्रविधिको विकाससँगै परम्परागत घरेलु प्रविधि र विधि विस्थापित बनेको हो ।
भूकम्पपीडितका लागि प्राप्त अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम पाउन सकेका छैनन् । पुस माघको जाडोमा समेत भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । स्थानीय तहको ढिलासुस्तीका कारण अनुदान रकम नपाएपछि भूकम्पपीडित बिचल्लीमा परेका छन् ।
कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ । कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पुर्याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयको कर्मचारी दरबन्दी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको जनाइएको छ । योसँगै नयाँ ओएनएम तयार पार्ने बाटो खुलेको छ ।
‘न्यानो लुगा नभएर जाडोले कठ्याङ्ग्रिनुपर्ने बाध्यता भए कपडा बैङ्क जानुहोस्’ भन्ने भनाइ यहाँ प्रचलित बनेको छ । माघ १ गते बैतडी सदरमुकाममा खुलेको कपडा बैङ्कबाट पाँच दिनको अवधिमा ३५ जना गरिब र अति विपन्नले निःशुल्क रूपमा न्यानो कपडा लिएका छन् । माया घर नेपाल र बैतडीका स्थानीय युवाको अगुवाइमा कपडा बैङ्क स्थापना भएपछि आमाबुवा नभएका सहाराविहीन बालबालिका, गरिब, विपन्न तथा एकल महिलालाई कम्बल, ज्याकेट, स्वेटर, टोपीलगायत न्यानो लुगा वितरण गरिएको छ ।
भरतपुरका एक दम्पतीले आफ्नो चौरासी वर्ष पुगेको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका–२ निवासी खिमानन्द पौडेल र उहाँकी श्रीमती कौशल्या पौडेलले चौरासी पूजा गर्दा लाग्ने खर्च बराबरको रकम तीन लाख ६५ हजार रुपियाँ केन्द्रलाई सहयोग गर्नुभएको हो । भरतपुरमा परिवार तथा आफन्तहरू सहभागी एक कार्यक्रममा सहयोग बराबरको राष्ट्रिय वाणिज्य बैङ्कको चेक उहाँहरूले केन्द्रका सञ्चालक समितिका सदस्य एवं लेखाअधिकृत हरि सिलवाललाई हस्तान्तरण गर्नुभयो ।
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिममा विन्ध्यवासिनी गाउँपालिका पर्दछ । यसको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकासँग सिमाना जोडिएको छ । दोस्रो स्थानीय तहको निर्वाचन
कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ तिर्न बाध्य छन् । स्थानीय मोहना नदीमा काठेपुल तरेबापत यतिको शुल्क तिर्ने गरेका हुन् । पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको छ । स्थानीय स्तरमा पुलपुलेसा, बाटाघाटा निर्माण गरेर जनतालाई सेवा, सुविधा दिने मुख्य जिम्मेवारी पाएको पालिकाले ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको छ । मन्त्रीपरिषद्द्वारा सिफारिस गरिए अनुसार आगामी माघ २२ गते पहिलो बैठक बस्ने गरी अधिवेशनको मिति घोषणा गरिएको हो । संसद्को अघिल्लो अधिवेशन गत वैशाख २४ गते प्रारम्भ भएर कात्तिक १६ गतेसम्म चलेको थियो । बजेट अधिवेशन भनिने बर्खे अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुई अधिवेशनबिचको समयावधि छ महिनाभन्दा बढी नहुने संवैधानिक व्यवस्थाभित्रै यो अधिवेशन आह्वान भएको छ ।
विदेश जान्छु भन्ने सपना प्रत्येक युवाको छ । मनग्गे पैसा कमाएर सहरमा सुविधा सम्पन्न घर र आधुनिक शैलीको जीवनयापनको लालसा छ । देशमा गरी खाने वातावरण छैन भनिन्छ । सुशासन, विकास र निष्पक्षताका कुरा कुरामै सीमित छन् । स्वाभिमानी भएर बाँच्न अवस्था न्यून छ । पेसा व्यवसाय चौपट छन् । जहाँ गयो उतै ‘पसल बिक्रीमा’ विज्ञापन देखिन्छ । अकासिँदो मूल्यवृद्धिले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिक जीवन निर्वाह गर्न हम्मे हम्मेमा छन् । बिदेसिएका युवालाई स्वदेश फर्काउने नीति/रणनीति राजनीतिक दलसँग छैन । देशमा आर्थिक गतिविधि र उत्पादन घट्दै छ । रुखोसुखो गरी जरजाम गरेका ग्रामीण बस्तीका अभिभावक बालबालिका विदेश पठाउन बाध्य छन् । देशमा व्यापारी, ठेकेदार, नेता र कर्मचारीतन्त्रको शासन छ ।
मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना ९पश्चिम खण्ड०ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।
उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ ।
विश्वभरि नै सूचना तथा सञ्चार प्रौद्योगिकीले हाम्रो जीवनका प्रत्येक पक्षलाई निर्बाध छाइसकेको छ । यसले अपेक्षित अनपेक्षित प्रत्यक्ष घुसपैठका साथै हाम्रो जीवनमा कामका नयाँ नयाँ शृङ्खला पनि पैदा गरिरहेका छन् । पुराना कामहरूको स्वरूप पनि परिवर्तन हुँदै गइरहेका छन् । आजको संसारमा यी सबै कुराको सूत्रधार भने कम्प्युटर नै हो । कम्प्युटरको अवतरण हाम्रो परिवेशमा अनेक रूपमा भइसकेको र भइरहेको छ तर ती सबैको आधार भने कृत्रिम बुद्धि अर्थात् ‘आर्टिफिसियल इ
दोलखाको भीमेश्वर नगरपालिका–२, दोलखाबाट तीन दशकअघि हराएका दुई भैरव मास्क नेपाल ल्याइएको छ । २०५० फागुन २२ गते र २०५१ फागुन २४ गते हराएका ती भैरव मास्क ४ डिसेम्बर २०२३ मा नेपाल ल्याइएको लालीगुराँस क्लब दोलखाका अध्यक्ष अनिलचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।