चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन् ।
जुम्लाको पातारासी गाउँपालिका-१ मा रहेको गढीगाउँ आजसम्म पनि सञ्चारको सुविधाबाट बञ्चित छ । जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडीले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् ।
काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् ।
नबिल बैङ्कले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैङ्कले काठमाडौँका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका–११ मा रहेको राजापानी सामुदायिक वनलाई सिमसार क्षेत्रको रूपमा विकास गरिने भएको छ ।
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।
बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाकै हाराहारीमा बसाइँ सर्नेको तथ्याङ्क पाइएको हो ।
स्यानिटरी प्याड खरिद गर्ने क्रममा आठ लाख ७४ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एमम् निः शस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले आज भेट गर्नुभएको छ ।
भैरहवा भन्सार कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा वार्षिक लक्ष्यको जम्मा ३० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
भरतपुरका एक दम्पतीले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ निवासी खिमानन्द पौडेल र उहाँकी श्रीमती कौसल्या पौडेलले आफ्नो चौरासी पूजा गर्दा लाग्ने खर्च बराबरको तीन लाख ६५ हजार रुपियाँ केन्द्रलाई सहयोग गर्नुभएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका स्थानीय वडावासीले चन्दा सङ्कलन गरेर पालिका स्तरीय १० शय्याको अस्पताल निर्माणका लागि ८ रोपनी जग्गा खरिद गरेका छन् ।
बोस्निया र हर्जगोभिना इयुमा समावेश सम्मिलित हुने बाटोमा रहेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताउनुभएको छ । बोस्निया र हर्जेगोभिना इयुमा सामेल हुने आफ्नो प्रतिवद्धता अनुसार अघि बढिरहेको उहाँले बताउनु भयो ।
आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी छ भन्नुभयो । देशको समृद्धिको आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताउनुभयो ।