आइरन कर्टेन’ एक यस्तो अवैध वैचारिक बाध थियो जसले एक समय युरोपलाई पुँजीवादी र वामपन्थी समूहमा विभाजित गरिदिएको थियो । द्वितीय विश्वयुद्धको समापनसँगै सन् १९४५ मा यसको उत्पत्ति भयो र शीतयुद्ध जारी रहुँञ्जेल सन् १९८९–१९९० सम्म यो अस्तित्वमा रह्यो । युनियन अफ सोभियत सोसिलिस्ट रिपब्लिक (युएसएसआर) ले आफूलाई पश्चिमा राष्ट्रहरू, तिनका सहयोगी तथा अन्य गैरवामपन्थी राष्ट्रसँग खुला सम्बन्ध स्थापित गरेर पराश्रित ‘स्याटेलाइट स्टेट’ अर्थात् अन्य देशको नियन्त्रण भएको राज्यका रूपमा नरहने गरी निरपेक्ष राख्ने विचार र प्रयासको प्रतीक हो यो पारिभाषिक शब्द ।
आफैँले जन्माएको छोराको नागरिकतामा आमा भनेर अर्कैको नाम राखिरहँदा डाक्नेश्वरी वडा नम्बर ९की महुकी बस्ने मुसनी खंग पीडित भएकी छिन । मेरो श्रीमानलाई आफ्नै लगानीमा विदेश पठाई दिनदिनै मेरो घर आएर मैले नचाहँदै छोटे लालले मसँग शारीरिक सम्बन्ध राखेको पीडित मुस्नीले सुनाउनुभयो ।
सहिद दिवसका अवसरमा हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक परिसरमा बुद्ध पार्क उद्घाटन गरिएको छ । साताव्यापी रूपमा सहिद दिवस मनाउने क्रममा दिवसको पहिलो दिन सहिद स्मारक विकास समिति, हेटौँडाले सहिद स्मारकमा नवनिर्मित बुद्ध पार्क बुधबार उद्घाटन गरिएको हो । सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले पार्कको उद्घाटन गर्दै शान्तिको प्रतीक बुद्धको सन्देश दिन बुद्ध पार्क निर्माण गरिएको बताउनुभयो ।
कर्णाली अञ्चलको मुगु जिल्लाका केही स्थानमा बाक्लो बसोबास रहेकाले यिनीहरूलाई मुगाली भनिएको हुन सक्छ । जिल्लास्थित मुगुकरण/मुगुकरन भन्ने स्थानमा यिनीहरूको बाक्लो बसोबास रहेकाले पनि यिनीहरू मुगाली कहलाएका हुन सक्छन् । अर्कोतर मुगालीको बसोबास रहेको क्षेत्र मुगालबाट मुगुको नामकरण भएको पनि हुन सक्छ । नेपालमा कतिपय स्थानको नाम जाति, थर वा पद विशेषले रहेका छन् भने कतिपय जातिको नाम, थर, स्थान विशेषले रहेका अनेकौँ प्रमाण भेटिन्छन् । मुगालीलाई मुगाल वा मुगुम पनि भनिन्छ । उनीहरू आफूलाई मुकुम्पा वा मुकुम भन्छन् ।
विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।
अधिकांश मानिसले आफ्नो जीवनमा यस्तो समय बिताएको हुनुपर्छ जुनबेला नुहाउनु भनेको सकभर प्राथमिकता थिएन । हुनसक्छ समयको अभावले, बिर्सेर वा नुहाउने सुविधा नपाएर त्यसो भएको होला । नुहाउनमा केही दिनको ढिलाइलाई कतै नराम्रो मान्नु भएन । जब तपाईंलाई नुहाउन हप्ता दिन वा त्यसभन्दा बढीको समयपछि जाँगर लाग्छ भने चिन्ता लिनुपर्ने हुन्छ र शरीर गनाउन थाल्छ ।तर वर्षौंसम्म ननुहाए वा ६७ वर्षसम्म नुहाइएन भने के होला ?
म्याग्दीको रघुगङ्गा जलाधार क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका जलविद्युत्, पर्यटन र कृषिमा राम्रो सम्भावनायुक्त पालिका हो । यहाँका केही वडा भौगोलिक रूपमा विकट छन् । जनप्रतिनिधि निर्वाचित भएपछि पालिकाभित्र सडक, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीसँग गोरखापत्रका ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
दैनिक पाँच सय बिरामी जाँचको क्षमता भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले त्यसको चार गुणाभन्दा बढीलाई सेवा दिइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सो अस्पतालमा उपचारका लागि सेवाग्राही आउने गरेका छन् । विसं १९६७ सालमा स्थापना भएको सो अस्पतालले अहिले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुदर्शन थापाका अनुसार अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग र दन्त तथा छालाका लागि ओपिडी सेवा प्रदान गरिरहेको छ । उहाँका अनुसार अस्पतालले प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवासमेत प्रदान गर्दै आएको छ ।
नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडाँैलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो ।
बाँकेको नौवस्तामा नवनिर्मित कारागार भवनको भौतिक पूर्वाधार सुरक्षाका हिसाबले कमजोर देखिएको छ । ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको सो कारागारमा कैदीबन्दी सार्ने तयारी भइरहेका बेला सुरक्षाका दृष्टिकोणले सो कारागार भवन कमजोर रहेको सुरक्षा अधिकारीले नै बताएका छन् ।
विद्यालय जाने उमेरका कर्णाली प्रदेशका बालबालिकामध्ये सात प्रतिशतले विद्यालय टेक्न पाएका छैनन् । कर्णालीमा चार वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने बालबालिकाको सङ्ख्या पाँच लाख १९ हजार ५२० रहेको छ । त्यसमध्ये चार लाख ८२ हजार ५३७ जना मात्र विद्यालय भर्ना भएका छन् । ३६ हजार ९८३ जना अर्थात् ७.१ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर छन् ।
गुर्भाकोट नगरपालिकाको गोचे खोलामा निर्माण गरिन लागेको पक्की पुल छ वर्षदेखि अलपत्र छ । विभिन्न कारण देखाउँदै ठेकेदारले पटक पटक म्याद थप गरेर निर्माण अधुरै राखेको छ । दुई वटा वडाका नागरिकलाई आउजाउ सहज बनाउन गोचे खोलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको थियो । नगरपालिकाको वडा नं. ४ र ५ को सिमाना गोचेखोलामा २०७४ साल भदौ २३ देखि निर्माण सुरु गरिएको थियो । २०७६ साल वैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी एडभेन्च जेभी बाँकेसँग चार करोड ३० लाख ९७ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको हो ।
जिल्लामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनालाई चाहिने जग्गा अधिग्रहण प्रव्रिmया सुरु गरिएको छ । अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको सतलज जलविद्युत् निगमले नै
सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा प्रशिक्षण केन्द्र (ड्राइभिङ सेन्टर) कै सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल एक्जाम) मा प्रशिक्षण केन्द्रकै सवारीसाधन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने गरी व्यवस्था
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीबारे पुनर्विचार हुनुपर्ने कुरा प्रदेश सभामा उठेको छ । राजधानी तोकिएको साढे पाँच वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि राजधानीबारे पुनर्विचार गर्नुपर्ने कुराले सदनमा प्रवेश पाएको हो । मङ्गलबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै डोटीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले अघिल्लो प्रदेश सभाले तोकेको राजधानी कार्यान्वयनमा प्रदेश सरकार गम्भीर नबनेको बताउनुभयो ।