सरकारले माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
काठमाडौँका एक–दुई स्थानमा आज (बुधबार) छिटफुट वर्षा भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँका गोङ्गबु, चाबहिल, बालाजु र महाराजगन्जलगायतका स्थानमा छिटफुट वर्षा भएको हो ।
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक र तत्कालीन नायब महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका ४ र ५ को बीच सिम्लेमा आँधीखोला तर्नकालागि बाँसबाट बनाइएको फड्के । हिउँदको समयमा स्थानीयहरु फड्केको सहारामा खोला तर्दै आएका छन्
धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा धरान १५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको वताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ ।
चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार खेपेको छ ।
बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको विनयीत्रिबेणी गाउँपालिकाको त्रिवेणी ब्यारेजको पुलबाट खसेर एक जनाको ज्यान गएको छ ।
दाङमा केही दिनअघि तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बसले दुधरासमा स्कुले बालकलाई ठक्कर दियो । भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत सागर चौधरीको घटनास्थलमै मृत्यु भयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ ।