सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध हुनेछ ।
‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव-२०८०’ आजदेखि सुरु भएको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन भन्नुभएको छ ।
कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताउनुभएको छ ।
“मैले गाडी चलाउन लागेको २० वर्ष भइसक्यो । तर अहिलेको जस्तो बिग्रिएको बाटोमा गाडी चलाउनु परेको थिएन”, पृथ्वी राजमार्गमा बस सञ्चालन गर्दै आउनुभएका चालक बाबुराम सापकोटाले भन्नुभयो, “अहिले त गाडी चलाउँदै गर्दा पक्की सडक आए पनि सबै दुःख भुलिन्छ जस्तो लाग्छ ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यक रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्न नपाइने बताउनुभएको छ ।
किसानले बालीमा जथाभाबी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ ।
नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेन्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
घरबारविहीन भई उठीबासको अवस्थामा पुगेका जिल्लाका मिटर ब्याजी पीडितहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले न्यानो सिरक वितरण गरेको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामावाद उच्च अदालतमा निवेदन दिनुभएको छ ।
बङ्गलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथन (४२.१९५ किलोमिटर) नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जिल्ला अदालत सिन्धुलीले कमलामाई नगरपालिका–४ निवासी ३७ वर्षीय शारदा थापालाई बन्धक बनाई कुटपिट गरेको अभियोगमा १० जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
स्टेप रामपुरले महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरलाई उपचारको लागि सहयोग गरेको छ । खेल अभ्यासको क्रममा चोट लागेर घाइते हुनुभएको अस्मितालाई स्टेप रामपुरको पहलमा विभिन्न संस्था तथा व्यक्तिबाट सङ्कलन भएको रकम एक लाख छ हजार रुपियाँ हस्तान्तरण गरेको हो ।