रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ ।
मजदुरका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर पढ्ने ? भन्ने पिर परेको छ ।
निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको छ । केही समय अगाडि शाखा अधिकृतको नतिजाले पनि निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको पुष्टि गरेको छ ।
जाजरकोटमा भूकम्पपीडित तथा सरोकारवालाले पुनर्निर्माणको प्रक्रिया छिटो अघि बढाउनुपर्ने माग गरेका छन् । उनीहरूले आवास पुनर्निर्माणका लागि सरकारले आठदेखि १० लाखसम्म रकम दिनुपर्ने माग गरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी जाजरकोट खलङ्गामा आयोजित सरोकारवालाको अन्तव्रिर्mया कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।
जिल्लाको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको बर्दीबास–३, पाटुस्थित जनजागृति माध्यमिक विद्यालयले मङ्गलबार स्वर्ण जयन्ती मनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, बर्दीबास नगर प्रमुख प्रह्लादकुमार क्षेत्री, सङ्घीय तथा प्रदेश सांसदले विद्यालयको प्राङ्गणमा पूर्वविद्यार्थीको सहयोगमा निर्मित स्वर्ण स्तम्भको अनावरण गर्नुभएको थियो । मुख्यमन्त्री यादवले स्थानीय तहलाई शिक्षाको अधिकार दिएपछि मधेश प्रदेशको उत्तरी भेगको तुलनामा दक्षिणी भेगको शैक्षिक स्तर खस्किँदै गएको बताउनुभयो । एउटै प्रदेशको उत्तर र दक्षिणमा किन यस्तो हुन पुग्यो ? आफैँमा टड्कारो प्रश्न बनेको उहाँको भनाइ थियो ।
गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको कोटगढीमा धार्मिक महोत्सव हुने भएको छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दै छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र बारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख अझै हटेका छैनन् । करिब ९६ किलोमिटरको यस आयोजनाको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडकखण्डको १३.८७ किलोमिटर क्षेत्रमा तीन हजार ६८९ वटा रुख पर्छन् ।
धरान उपमहानगरपालिका–२० मा पर्ने चिन्डेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धरानदेखि सात किलोमिटरको दुरी पार गरेपछि धरान २० मा पर्ने चिन्डेडाँडा पुग्न सकिन्छ । यहाँबाट धरान, तराईका विभिन्न भाग र खुल्ला मौसम भएमा सप्तकोशीको रमणीय दृश्य पनि देखिने भएकाले आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ ।
गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ ।
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक स्थल सगरहवाको लम्बुसागर ताल क्षेत्रमा पुग्दा निर्जीव ढुङ्गामा चित्र कुँदेर जीवन्त कला भर्ने मूर्तिकारहरू एकाग्र रूपमा काममा व्यस्त देखिन्थे ।
सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामको थालनी भएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएको हो । सुरुङ निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्ने कामले गति लिएको आयोजना पक्षले जनाएको छ ।
नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाका दुई वडाका बासिन्दालाई आफ्नै पालिका पुग्न लुम्बिनी प्रदेशको बाटो हुँदै जानुपर्ने बाध्यता छ । त्रिवेणी क्षेत्रका दुई वटा वडाका बासिन्दाले सहज बाटो नहुँदा धेरै सास्ती खेप्नु परेको छ । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी–कोरला मार्गको दुम्कीबास–त्रिवेणी सडकखण्ड निर्माण हुन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ ।