गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । साउदी अरवमा सोमबार राति भएको रोचक फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।
महोत्तरीका पत्रकार राजकरण महतोलाई संघीय राजधानी काठमाडौंमा दुर्व्यवहार भएको छ ।
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विकस्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सम्पन्न भएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिमकोट हिल्सा सडक अनिश्चित कालका लागि बन्द गरिएको छ । हिल्सा सिमकोट सडक आयोजनाले उक्त खण्डको च्याछरामा सडक निर्माण कार्य तीव्र पारेको कारण यातायात सेवा अवरुद्ध भएको हो ।
बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस भएको छ ।
गौर प्रादेशिक अस्पतालका चिकित्सकले तलब भत्ताको माग गर्दै ओपिडी सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन्।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेल्लोक माध्यमिक विद्यालय प्रथम भएको छ । विभिन्न खेल विधामा ११ स्वर्ण पदक जित्दै तेल्लोक मावि प्रथम भएको हो ।
इजरायली सेनाले मङ्गलबारमध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।