न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आज (मङ्गलबार) देखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो ।
मेलम्चीमा गएको बाढीपहिरोले करिब एक घरधुरी बराबर ७० लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्गस्थित सुर्योदय खानेपानी तथा सरसफाइ आयोजना र झिरुवासस्थित ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै विद्यालय, स्वास्थ्य चौकी, आमा समूहसहित १४० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरेको छ ।
यही माघ ११ गते हुने राष्ट्रि यसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ज्ञापन पत्र सरकारलाई बुझाएको छ ।
धिमाल जातीय विकास केन्द्रको सातौँ राष्ट्रिय महाधिवेशनले अम्बरबहादुर धिमाललाई अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार भएको निर्वाचनबाट अम्मरबहादुर अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
चीनको दक्षिण पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा आह्वान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताउनुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही गरौँ भन्ने हुटहुटी भए पनि अहिले त्यो उत्साह नभएको अनुभव छ ।
म्यान्मारको सान राज्यमा सुरु भएको लडाइँ नियन्त्रण गर्न नसके देश टुक्रिने खतरा बढेको छ । सत्तारूढ सैनिक परिषद्ले गैरसैनिक लडाकुद्वारा भइरहेको आक्रमण र त्यसबाट सैन्य शक्तिमा भएको गम्भीर क्षतिबारे छलफल गर्न आयोजना गरेको आपत्कालीन बैठकमा सैनिक सरकारका राष्ट्रपति मिन्ट स्वेले मुलुक विखण्डनको सँघारमा पुगेको बताइसकेका छन् ।
नेपाली कांग्रेसकी नेतृ द्रौपदी शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।
कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।